लेखनाथ, २९ मंसिर । लेखनाथ जेसिजको अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन । संस्थाको शनिबार सम्पन्न २६ औं शाखा अधिवेशनले तिवारीलाई वर्ष २०२५ अध्यक्षमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको अध्यक्षमा जेसी कृष्ण तिवारी कार्यकारिणी उपाध्यक्षहरुमा जेसी रसिस हरी भन्डारी र जेसी शिवानी केसी, उपाध्यक्षहरुमाः जेसी सन्देश ढकाल, जेसी ध्रुबराज घिमिरे, जेसी अशोक ढकाल र जेसी सन्जय बाँस्तोला रहेका छन ।
यस्तै कानुनी सल्लाहकारमाः जेसी प्रवलमणी भन्डारी, महासचिवमा जेसी सर्वेन्द्र न्यौपाने, कोषाध्यक्षमा जेसी मौसम बराल, सचिवमा जेसी जनकराज तिवारी, शाखा सम्पादकमाः जेसी सुशील ढुंगाना, वृद्धि सभापति जेसी विकास रानाभाट, शुक्रबारसरीय प्रवचनमाला संयोजकमाः जेसी आकाश बराल र थिम डाइरेक्टरःमा जेसी महेश वाग्ले चयन भएका छन ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जेसिजले गर्दै आएका सामाजिक कार्यहरुदेखी आफु प्रभावित भएको वताउँदै आफु पनि जेसिजमा आवद्ध हुन चाहेको वताउँदै रुपा गाउँपालिकामा पनि जेसिज अभियान लिएर आउन आग्रह गरेका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ जेसिज सामाजीक कार्यहरुमा सक्रिय भएको पाउँदा खुशी लाग्ने वताउँदै नेतृत्वको लागी मिलेर जाने परिपाटिको अनग संस्थाहरले पनि सिको गर्न जरुरी रहेको वताएका थिए ।
पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ जेसिजका पुर्व अध्यक्ष नविन प्रसनद बाँस्तोला, जिवन विज्ञान प्रतिष्ठानका अध्यक्ष फणिन्द्र घिमिरे, भवानि कालिका माविका प्रधानाध्यापक रमेश भटृराई लगायतले बोलेका थिए ।
वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष शुसिल ढुंगानाले स्वागत गरेका थिए भने जेसिज आस्था पाठ शाखा सम्पादक सन्देश ढुंगानाले गरेका थिए भने वर्ष २०२३ का अध्यक्ष चन्द्रप्रकाश ढुंगानाले धन्यवाद ज्ञापन र सञ्चालन सचिव मौसम बरालले गरेका थिए ।
Discussion about this post