लेखनाथ, ७ साउन । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षारोपण गरेको छ ।
सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पोखरा २९ पटनेरी क्षेत्रको करिव १२ सय हेक्टरको जमिनमा स्थानियको आय आर्जनमा सहयोग पुग्ने गरि फलफुल, डाले घाँस, आर्युवेदिक लगाएत अन्य मानव उपयोगि रत्तचन्दन र अभकार्डो विरुवा लगाईएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडासदस्य क्षेत्र बहादुर गुरुङले बन पैदावरको सहि प्रयोग तथा संरक्षण गर्न सक्ने हो भने देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास दिलाउदै वातावरण तथा भुःक्षय नियन्त्रणमा बृक्षारोपण गर्दा सहयोग पुग्नेमा जोड दिएका थिए ।
श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष मोतीलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा, सल्लाहकार सु.चन्द्र बहादुर गुरुङ, उपाध्यक्ष राम बहादुर गुरुङ, सचिव काशीमाया गुरुङ र कोषाध्यक्ष सु. तेज बहादुर गुरुङ लगाएतले सवैको सामुहिक प्रयास र संरक्षण बाट बनको संरक्षण गर्ने वन प्रदावरको पनि स्थानियहरुले उपभोग गर्न पाउने अधिकार रहने बताएका थिए ।








Discussion about this post