पोखरा, २५ असार – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मलेखु सडक खण्डमा साउन ९ गते सम्म रातिमा बन्द रहने भएको छ । सडक विभाग नागढुंगा – मुग्लिङ सडक योजना (पुर्वी खण्ड) विज्ञप्ती जारी गर्दै नौबिसे मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे – खोला र पोखरे खोला पुलहरुको काम गर्नका लागि सडक बन्न गर्न लागेको जनाएको छ ।
सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत वाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उल्लेखित स्थानहरुमा पुल प्रयोजनार्थ असार २६ देखि साउन ९ गतेसम्म बन्द हुनेछ । रातिको १० बजे देखि विहान ३.०० बजेसम्म सम्पुर्ण सवारी साधनहरु (एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक) पूर्ण रुपमा रोकिने जनाएको छ ।
सम्पूर्ण सवारी चालकहरुले आफ्नो लेन अनुशासन कायम राख्नु हुन तथा जथाभावी ओभरटेक नगर्नु हुन समेत अनुरोध गरेको छ । साथै बैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
Discussion about this post