• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघद्धारा व्यवसायीहरुका लागी आधारभुत लेखा तालिम

Ramsharan Nepali by Ramsharan Nepali
May 26, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ९ जेठ । लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरुका लागी आयोजित निशुल्क आधारभुत लेखा तालिम बुधबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका व्यवसाय प्रर्वद्धन केन्द्रको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको सहकार्यमा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागी गत बिहिबारदेखी तालिमको आयोजना गरिएको थियो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले अहिलेको समय उद्यम व्यवसायको युग भएको वताउँदै व्यबसायको प्रर्बद्धन मार्फत सम्पुर्ण महानगरको समुन्नती हासिल गर्नको लागी पोखरा महानरपालिका व्यबसाय प्रर्बद्धन केन्द्र लागिरहेको वताएका थिए । उनले व्यवसायीक क्षेत्रको विकासको लागी सरकार एक्लैले मात्र केही गर्न नसक्ने वताउँदै यस्ता कार्यक्रमहरुमा निजि क्षेत्रको सहकार्य र एक किसीमका तालीमहरु कोसेढुंगा सावित हुने वताएका थिए ।

यस्तै व्यवसाय प्रर्वद्धन केन्द्र पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जिवन नै एउटा सिकाई प्रक्रिया मभएको बताउँदै तालिममा हासिल गरेको ज्ञानलाई कार्यक्षेत्र वा व्यवसायमा लागु गरेको खण्डमा मात्र तालिमको उपादयता पुष्टि हुने वताएका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले व्यवसायीहरुको क्षमता विकास र व्यवसायीक समुन्नतीका लागी संघ सधैं अग्रसर रहेको वताउँदै व्यवसायिहरुको आवश्यकता र माग अनुसार आगामी दिनहरुमा पनि यस प्रकारका तालिमहरु सञ्चालन गरिने बताएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट प्रभा कुमारी पौडेल र रामराज अधिकारीले तालिम अवधिको आफ्नो अनुभव सुनाउँदै सिकेका कुरालाई व्यवहारमा प्रयोगमा ल्याउने वताएका थिए । ७ दिन सम्म सञ्चालन भएको तालिममा चार्टड एकाउन्टेन्टहरु अपिल सिक्देल र विमल थापाले दोहोरो लेखा प्रणाली र करको विषयमा प्रशिक्षण दिएका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उप–समितिका संयोजक अर्जुन ओझाले गरेका थिए ।

Previous Post

पोखरा-३० शिशुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड

Next Post

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?