लेखनाथ,२६ माघ । पोखरा २६ को अर्घौमा रहेको लेखनाथ वचत तथा ऋण सहकारी सस्थाले आफनो १५ औं वार्षिकोत्सव तथा १६ औं स्थापना दिवसको अवसरमा अन्तर मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता गरेको छ ।
सहकारीका क्षेत्रमा देखिएका विविध खालका समस्यालाई कसरी निराकण गर्न सकिन्छ भन्ने उदेस्यले नेपालमा सहकारीको वर्तमान अवस्था,अवसर र चुनौतीका विषयमा समाजमा सहरात्म शन्देस दिने गरि राखिएको प्रतियोगितामा १८ विद्यालका ३७ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
सहकारीका अध्यक्ष हरि वहादुर जि सीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लेखनाथ सापकोटाले सहकारीको अवस्थाका बारेमा जानकारी गराएका थिए भने कार्यक्रम संयोजक विकास सापकोटाले निवन्ध लेखनको उदेस्य र उपयोगिताका बारेमा वताएका थिए ।
प्रतियोगिताको निर्णायकमा पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख रविरमण तिवारी,सस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी र प्रध्यापक नवराज अधिकारी रहेका थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सनिवार हुने सस्थाको अर्धवार्षीक समिक्षा कार्यक्रममा पुरस्कुत गरिने ब्यवस्थापक गोविन्द लामिछानेले जानरकारी दिएका छन् ।
यसैविच सहकारीले हरेक स्थापना दिवसका दिन पोखरा २७ को जय गुरुदेव मन्दिर परिसरमा बृक्षारोपण गरिएका फुलफुलका विरुवाको गोडमेल तथा नयाँ विरुवाहरु समेत लगाईएको वताईएको छ । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने र उपाध्यक्ष अम्विका गौतमले सहकारीका वारेमा वाहिरी हल्ला तथा टिका टिप्पणीहरु वढि हुदाँ समस्या सृजना भएको वताएका थिए ।
Discussion about this post