माघ १२, पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारीका लागि नयाँ क्वाटर तयार भएको छ। उक्त नवनिर्मित सरकारी निवासको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरे ।
२ करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत २ करोड ३३ लाख ६५ हजार १ सय ७२ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । निवास उद्घाटनपछि उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कास्कीका सिडिओका लागि २०७५ मा नै नयाँ क्वाटर बनेकामा उक्त भवन मुख्यमन्त्रीले प्रयोग गरेका थिए । अहिले सिडिओ बस्दै आएको भवन निकै पुरानो भएकाले नयाँ बनाइएको हो ।
Discussion about this post