• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

विदेश छोडेर किसान बेगनासमा: ‘होटल मकाउ बेगनास’ संचालनमा

Lekhnath Khabar by Lekhnath Khabar
January 26, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट

लेखनाथ ।
पोखराको लेकसाईड पछिको अर्को गन्तब्य हो बेगनासताल। वि.सं. २०४४ सालमा बेगनासतालमा ड्याम राखे पछि माछा मार्ने, पौडी खेल्ने र तालको पानीको उपयोग बिस्तारै बढ्दै जादा नजिकैका ठाउँहरु बाट बेगनासताल आउनेक्रम बढ्न थाल्यो। मान्छेको आवागमन संगै खाना तथा खाजा खाने रेण्टुरेण्ट तथा सामान्य लाज हरु समेत संचालन हुन लागे। बिकास क्रम संगै बिभिन्न स्तरिय होटल तथा रेस्टुरेण्ट खुल्ने क्रम बढ्यो बेगनासतालमा। तैपनि मध्यम देखि प्रिमियम स्तरका होटल तथा रेस्टुरेण्ट खोज्न भने पोखराको लेकसाईड नै पुग्नु पर्ने थियो।

कास्कीको रुपा स्थित चिसापानीमा बुवा स्व. धन बहादुर गुरुङ तथा आमा रेवती गुरुङको कोखबाट जन्मेका रामप्रसाद गुरुङ ‘किसान’ कामको सिलशिलामा हङकङ, ताइवान र कोरियामा करिव ३ दशक बिताए। सामान्य कामदार देखि ठुला रेष्टुरेन्टको कामको अनुभव बटुलेर श्रीमती पानकुमारी गुरुङका साथ केहि वर्ष पहिले उनि नेपाल फर्किए।

विदेशमा सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै बेगनास क्षेत्रमा मध्यम तथा प्रिमियम स्तरिय होटल खोल्ने योजना गुरुङले बुने। स्वदेशी तथा बिदेशी पाहुनाहरु लाई मध्ये नजर गर्दै पोखरा ३१ बेगनासताल नहरचोकमा करिव १३ करोडको लगानीमा ‘होटल मकाउ बेगनास लेक’ संचालन गरेका हुन्।

कोरोना महामारीको समय देखि सुरु भएको होटल अहिले भने पुर्ण रुपमा संचालनमा आएको छ। होटलमा डिलक्स, सुपरडिलक्स र ज्याकुजी सहित एक्ज्युकेटिभ स्विट गरी २६ वटा रुम तथा प्रत्येक रुममा प्राईभेट बाल्कोनी समेत छन् । ग्राउण्डफ्लोर रेष्टुरेन्ट एण्ड बार तथा रुफटपमा ओपन स्काई रेष्टुरेन्ट एण्ड बारको सुविधा छ । खानाका पारखी हरुलाई विशेष प्राथमिकता दिदै नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खाना तथा बेगनास तालको माछा तथा ग्रिल फिशको स्वाद समेत पर्यटकले लिन पाउने गुरुङ बताउछन।

होटलमा ३ हजार रुपैयाँ देखि ७ हजार रुपैयाँ सम्मका फरक फरक क्याटागोरीका रुमहरु उपलब्ध छन् । लेखनाथ क्षेत्रमै पहिलो पटक होटलमा लिफ्ट सुबिधा समेत भएको होटल मकाउमा पार्किङ स्पेस, मिटिंग हल, स्काई रेष्टुरेन्ट लगायतको सुविधा छ । करिब तीन रोपनी क्षेत्रफलमा संचालनमा आएको होटलमा हाल १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने होटलबाट अन्नपुर्ण हिमालय रेन्ज, बेगनास ताल, कोट्बारि बेगनास लगायत दृश्यावलोकन गर्न सकिन्छ ।

Previous Post

उच्च अदालतले सोध्यो बेगनासको मोटरबोट अनुमति बिना किन चलाएको ?

Next Post

कास्कीका सात जना पत्रकार एउटै मञ्चमा पुरस्कृत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कास्कीका सात जना पत्रकार एउटै मञ्चमा पुरस्कृत

कास्कीका सात जना पत्रकार एउटै मञ्चमा पुरस्कृत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?