लेखनाथ १७ पुष ।
लेखनाथ जेसीज र लेखनाथ जुनीयर जेसीजको संयुक्त पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ। उक्त अवसरमा लेखनाथ जेसीजकाे २६ औं र जुनियर जेसीजकाे २१औं पदस्थापन कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी रविन पाेख्रेलले नेपाल कम विकसीत मुलुकबाट विकसीत मुलुककाे रुपमा छिट्टै नै घाेषणा हुने क्रममा रहेकाे वताउँदै यसमा जेसीजले गरेकाे याेगदान उल्लेखनीय रहेकाे वताएका थिए ।
उनले मुलुककाे विकासकाे लागि युवा नेतृत्व र कुशल नेतृत्वकाे आवश्यकता रहेकाे वताउँदै अरुकाे आग्रह वा पदको लागि मात्र नभइ स्वय अग्रसर भएर नेतृत्व लिने हाे भने मुलुक सम्मृद्ध हुने वताएका थिए ।
अवसरकाे खाेजीमा युवाहरु विदेश पलायन हुने क्रम वढेकाे र त्यसलाई राेक्न युवाहरुमा उद्मशिलताकाे विकास हुनुपर्नेमा पाेख्रेलले जाेड दिएका थिए । अग्रजहरुकाे ज्ञान, सीप र अनुभव एवम तालिमकाे माध्यमबाट युवाहरुलाई शशक्तीकरण गर्दै जेसीजलाई व्यवसायसँग जाेड्न सके उद्मशिलताकाे विकास हुने उनले वताएका थिए ।
यस्तै नेपाल जेसिज का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अनुप सुनुवारले जेसिजकाे भिजन `प्लान अफ एक्सन´ लाई हरेकले आफ्नाे जिवनमा पनि लागू गर्नुपर्नेमा जाेड दिंदै लेखनाथ जेसिजले आउँदा दिनमा नेपाल जेसिजकाे पनि नेतृत्व गर्न सकाेस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ काे क्षेत्र `ख´ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अमर घिमिरे, पूर्व अध्यक्षहरुकाे तर्फबाट संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, पाेखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा, लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस अघि लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटलाई वर्ष २०२३ का अध्यक्ष चन्द्र प्रकाश ढुंगानाले सपथ ग्रहण गराएका थिए भने कार्यसमिति तथा पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष प्रकाश राईभाटले सपथ ग्रहण गराएका थिए ।
यस्तै लेखनाथ जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष प्रान्जल पाैडेललाई वर्ष २०२३ का अध्यक्ष नवीन अधिकारीले सपथ ग्रहण गराएका थिए भने कार्यसमिति तथा पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष प्रान्जल पाैडेलले सपथ ग्रहण गराएका थिए ।
सपथग्रहण पछि बाेल्दै लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटले नेतृत्व गर्ने जिम्मेवारीलाई आफुले अवसर र चुनौती को रूपमा लिएकाे र आगामी दिनमा स्थानिय सरकार र संघसंस्थाहरु सँग समन्वय गरी संस्थाकाे गरिमालाई अझै उच्च बनाउँदै लेखनाथका सम्पुर्ण संस्थाहरुलाई अगुवाई गर्ने नेतृत्वदायी संस्था बनाउने प्रतिवद्ता व्यक्त गरेका थिए भने लेखनाथ जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष प्रान्जल पाैडेलले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्दै उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उक्त अवसरमा लेखनाथ जेसिज वर्ष २००४ का अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीद्वारा स्व. पिता दिनानाथ त्रिपाठीकाे स्मृतिमा स्थापित `दिनानाथ अवार्ड´ वर्ष २०२३ का कानुनी सल्लाहकार कृष्ण तिवारीलाई, वर्ष २००५ का अध्यक्ष नेत्रपाणी बाँस्ताेलाद्वारा धर्मपत्नी तथा पुत्रकाे नाममा स्थापित `अमृता सम्मेलन अवार्ड´ पत्रकार रामशरण नेपालीलाई, वर्ष २०२२ का अध्यक्ष सुजन न्याैपानेद्वारा स्व. पिता वुद्वि विनाेद न्याैपानेकाे स्मृतिमा स्थापित `वुद्वि विनाेद लिडर अवार्ड´ सुशील ढुंगानालाई प्रदान गरिएकाे थियाे ।
यस्तै वर्ष २०२३ का अध्यक्ष चन्द्र प्रकाश ढुंगानालाई अतुलनीय सहयाेग गरेकाेमा लेखनाथ जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष नवीन अधिकारीलाई अवार्ड मार्फत सम्मान गरिएकाे थियाे भने लेखनाथ जेसिजकाे २५ औं अधिवेशन तथा २६ औं साधारण सभाका अधिवेशन निर्देशक सुजन न्याैपाने र निर्वाचन आयुक्त नवराज पाैडेललाई मायाकाे चिनाे एवम उक्त अवसरमा आयोजीत वक्तृत्वकला प्रतियाेगितामा प्रथम हुन सफल निशान गाैतमलाइ पुरस्कार प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा पहिलाे सत्रकाे अध्यक्षता लेखनाथ जेसिज वर्ष २०२३ का अध्यक्ष चन्द्र प्रकाश ढुंगानाले, दाेश्राे सत्रकाे अध्यक्षता वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटले गरेका थिए भने स्वागत वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष एवम कार्यक्रम संयाेजक प्रवल मणि भण्डारीले, जेसिज आस्था पाठ जुनियर जेसीजकी स्वस्ती खनालले र कार्यक्रमकाे सञ्चालन लेखनाथ जेसिज वर्ष २०२४ का महासचिव माैसम बरालले गरेका थिए ।
Discussion about this post