• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ महोत्सवमा कवि शिरोमणि लेखनाथको सम्झना

Ramsharan Nepali by Ramsharan Nepali
December 31, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, १५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो ।

कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको वताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने वताएका थिए ।

अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वताउँदै यसको परिकल्पनाकार व्यवसायी विश्वगोपाल श्रेष्ठप्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि लेखनाथका रचनाहरु वाचन गर्दै सघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कविका रचनाहरु प्रकृति र मानवतावादी रहेको र त्यसबेला रचना गरिएका कृतिहरु अहिलेको समयमा पनि सान्र्दभिक रहेको वताउँदै नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताएका थिए ।

उक्त अवसरमा धन्यवाद व्यक्त गर्दै महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले पूर्वीय दर्शनभित्र लुकेर बसेका जटिलतालाई व्यावहारिक रूपमा सिर्जनामार्फत सर्वसाधारणसम्म पु¥याउने काम गरेको वताउँदै सामाजिक चेतना र जागरणको आवाज कवितामार्फत उठाउन कवि लेखनाथको विशेष भूमिका रहेको वताएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको ११ औं दिन आईतबार मात्रै ८० लाख बराबरको कारोबार भएको र हालसम्म ८ करोड ५० लाखको कारोबार भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।

यसै गरी महोत्सवको हालसम्म ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । आईतबार मात्रै २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले वताए ।

आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज तताएका थिए ।

आईतबार लोकदोहोरी कलाकारहरु पार्वती जिसी, शिवहरी ढुंगाना, सुमन परियार, ध्रुव जि.सी, लक्ष्मी नेपाली, गगन गुरुङ, देवी महतो, दिपक अधिकारी, नविना सुवेदी र माधव चापागाई लगायतको प्रस्तुती रहनेछ ।

महोत्सवको सोमबार नै एक समारोहका विच पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Previous Post

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

Next Post

सकियो १९ औ लेखनाथ महोत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सकियो १९ औ लेखनाथ महोत्सव

सकियो १९ औ लेखनाथ महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?