• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

Ramsharan Nepali by Ramsharan Nepali
December 30, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ ।

महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म ८ करोडको हाराहारीमा कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी छैंटौं दिन ८० लाख, सातौं दिन ४० लाख र आठौं दिन ६० लाख र नवौं दिन ५० लाख र १०औं दिन हालसम्मकै सर्वाधिक १ करोड ५० लाख बराबरको कारोबार भएको सुवेदीले जानकारी दिए ।

यसै गरी महोत्सवको हालसम्म झण्डै ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । पहिलो दिन ५ गते ४० हजार, दोश्रो दिन ६ गते २० हजार, तेश्रो दिन ७ गते ४० हजार, चौंथो दिन ८ गते २५ हजार, पाँचौ दिन ९ गते ४० हजार, छैंटौं दिन १० गते ३० हजार, सातौं दिन ११ गते २० हजार, आठौं दिन १२ गते १५ हजार, नवौं दिन १३ गते २० हजार र दशौं दिन शनिबार ३० हजार गरि हालसम्म २ लाख ८० हजार  दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले वताए ।

शनिबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, कला लम्साल, घनश्याम रिजाल, रिया खड्का, कृष्ण सुवेदी, रिया खड्का, रति खड्का, टेकराज भण्डारी र सरिता सारु मगर लगायतले प्रस्तुती राखेका थिए भने हाँस्यव्यग्यतर्फ सिताराम कटृेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को प्रस्तुती रहेको थियो । यस्तै बेलुका लाईभ कन्सर्टमा ईलिमेण्ट ब्याण्ड र सञ्जना श्रेष्ठले स्टेज तताएका थिए ।

महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

Previous Post

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

Next Post

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?