• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१९ औं लेखनाथ महोत्सव शुरु

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने : मुख्यमन्त्री पाण्डे

Ramsharan Nepali by Ramsharan Nepali
December 22, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए ।

मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

उहाँले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको वताउँदै यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताए ।

गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको बताए । उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरि महानगरपालिका बनाए पनि यहाँका जनतामा भने त्यो पाच्य नभएको बताउदै यहाँ देखिएको विविधाताले भरिएका झाँकी ¥यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामुहिक भावनाले अगाडी वढ्नु पर्ने वताएका थिए ।

यस्तै गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा उर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला आमा दिदिबहिनीहरुको सहभागिता उत्साहजनक देखीएको वताउँदै महिलाहरुको शसक्तिकरणका लागी पनि सबैल सोच्नुपर्ने वताएकी थिईन ।

संघिय सांसद मन बहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने आवस्यकता औल्याएका थिए भने पुर्व मन्त्री यज्ञ बहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अगाडी वढ्नका लागि सवैलाई अनुरोध गरेका थिए ।

उक्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकुष्ण बैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुदाँ देशको अर्थतन्त्र कमजोर हुदै गएको संकेत गरेका थिए भने महासंघ कै वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा विदेशिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ तिन तहको सहकारका विच सहकार्य आवस्यक रहेको धारणा राखेका थिए ।

गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट ब्यवसायीका समस्या नवुझदाँ अव ब्यवसायीहरु विदेशिने पर्ने अवस्था सृजना भएको तर्फ संकेत गरेका थिए भने पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने तर्फ सचेत हुदै उद्यमशिलताका बारेमा युवा र महिला लक्षीत कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराएकी थिईन ।

महोत्सवमा स्थानिय आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुको ४ सय भन्दा वढि संख्यामा झाँकी र्याली निकालीएको थियो भने मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतिोगिताको लागी ३५ समुहमध्येबाट छनोट हुन सफल २० समुहको नाम घोषणा गरिएको थियो ।

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Previous Post

१९ औं लेखनाथ महोत्सवको तयारी पुरा, बिहिबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post

१९ औं लेखनाथ महोत्सव : दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन, ३० लाख बराबरको कारोबार

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
१९ औं लेखनाथ महोत्सव : दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन, ३० लाख बराबरको कारोबार

१९ औं लेखनाथ महोत्सव : दोश्रो दिन २० हजार दर्शकहरुद्धारा अवलोकन, ३० लाख बराबरको कारोबार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?