लेखनाथ, १९ मंसिर
लायन्स क्लब अफ पोखरा नेचुरल टाउनले श्री जनप्रेमी मावि शुक्लागण्डकी–१२ तनहुँमा एक दिने रक्तदान जनचेतना तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यक्रममा १७० जना विद्यार्थीको रक्तसमूह विभाजन, १६० जना अभिभावक तथा शिक्षकको सुगर, पिसाब तथा अन्य विविध परिक्षण साथै रक्तदान जनचेतना सम्बन्धी प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक कार्यलय पोखराका वरिष्ठ सहायक यशोधा दुराले प्रशिक्षण दिएका थिए ।
क्लबका अध्यक्ष लायन प्रकाश राई भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथी डिस्ट्रिक्ट चिफ लायन मोति प्रसाद पौडेल, डिस्ट्रिक्ट आईटि तथा सेक्रेटरियल अफिसर लायन विकास भुर्तेल, रिजन २१ का रिजन चेयरपर्सन लायन चोक ब गुरुङ्ग, जोन २२ का जोन चेयपर्सन लायन सुन्दर शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, किरण शाही, प्रधानाध्यापक डिल्लीराज लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिका वडा नं. १२ का वडाध्यक्ष इन्द्र गुरुङले शिविरले विद्यालय परिवार तथा स्थानीय सर्वसाधारणलाइ स्वास्थ्य सम्बन्धमा निकै टेवा पुगेको र आगामी दिनमा यस प्रकारका कार्यक्रमहरुमा वडाले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै विद्यालयका सहायक प्रअ तथा क्लब अध्यक्ष लायन प्रकाश राई भाटले स्टार डाइग्नोसिस, फिर्फिरे स्वास्थ्य चौकी लगायतलाई धन्यवाद दिदै क्लबले केही मात्रामा भएपनी सहयोग गर्न पाउँदा सन्तुष्टी मिलेको बताएका थिए ।
क्लबका अध्यक्ष लायन प्रकाश राई भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन रेनुका कार्किले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव लायन बाबुराम वाग्लेले गरेका थिए ।
Discussion about this post