लेखनाथ,१३ मंसिर ।
स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उच्च मनोवलका साथ युवा ब्यवसायी निरन्जन तिमिल्सेनाले पोखरा २६ को अर्घौंचोकमा आधुनिक खालको बेकरी उद्योग संचालनमा ल्याएका छन् ।
फुड एण्ड टेक्नोलोजीमा मास्टरसम्मको अध्ययन पुरा गरेका तिमिल्सेनाले रोजगारीको लागि विदेशीनु भन्दा आफ्नै जन्मभुमीमा केही गरौ भन्दै करिव ७० लाखको लागतमा अल्पाइन फुड एण्ड बेभरेज इण्डष्ट्रिज संचालनमा ल्याएका हुन् ।
आफुले अध्ययन गरेको विषयलाई प्रयोगमा ल्याएर स्वदेशमा नै केही गरौ भन्ने भावनाले नयाँ प्रविधिको प्रयोग गर्दै गुणस्तरिय र स्वास्थ्यबर्दक उत्पादनलाई प्रथामिकतामा दिदै बुधवार देखि उद्योग संचालनमा ल्याएका हुन् ।
उद्योगको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उच्च शिक्षाका नाममा युवा पुस्ता वाहिरी रहेको अवस्थामा स्वदेशमा नै केही गरौ भन्ने भावनाले अगाडी वढेका युवाहरुलाई स्थानिय सरकारबाट सहयोग र साथ रहिरहने विश्वास ब्यत्त गर्दै गुणस्तरियता लाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले विदेशिने युवालाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा संघ चिन्तसिल भएकाले नाफा कम राखेर विक्रि धेरै गर्ने योजनाका साथ अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष सुमनमोहन भट्टराईले व्राण्ड र गुणस्तरियतालाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसगै बजारीकरणलाई ब्यवस्थीत तरिकाले अगाडी वढाउदै अन्य युवाहरुका लागि पनि उदाहरणी बनेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
उद्योगका संचालक निरन्जन तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका संरक्षक तथा लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले उद्योगमा नयाँ प्रविधीको प्रयोग गरि कम जनशत्तिमा गुणस्तरिय सामाग्री उत्पादन गर्न सकिने बताएका थिए । उद्योगबाट बेकरी, बिभिन्न किसिमका केक, पप तथा कुकिज लगाएतका बस्तुहरु उत्पादन गर्न सकिने बताईएको छ ।
Discussion about this post