लेखनाथ, २९ भदौ । यहि भदौ ३० गतेदेखी असोज ६ गतेसम्म पोखरा–३२ लामेआहालमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञको आयोजना हुने भएको छ ।
वैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजना र श्री ईश्वरकृष्ण महाराजको प्रमुख वाचकत्वमा राधाकृष्ण मन्दिर परिसरमा महायज्ञको आयोजना हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले महायज्ञ आयोजना गर्नुुको मुख्य उद्धेश्य आध्यात्मीक भावनाको जागरण ल्याउनु भएको वताउँदै भक्तजनहरुलाई दान गर्न प्रेरीत नगरिने वताएका छन । तर स्वस्फुर्त रुपमा कसैले दान गर्न चाहेमा मन्दीरको नाउँमा उक्त दान रकम जम्मा हुने उनले वताए ।
यस्तै प्रतिष्ठानका पिठाधिश मुकुन्दशरण उपाध्यायले पछिल्लो समयमा हिन्दु धर्मको अन्तर्यको विषयमा ज्ञाताहरुो समेत कमी देखीन लागेकाले यस विषयमा ज्ञान छर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको र उत्कृष्ट कथावाचकहरु खोजीका लागी ६गते भागवत जयन्तीको अवसर पारेर भागवत वाचन प्रतियोगिताको समेत आयोजना गरिएको वताए । प्रतियोगितामा विभिन्न गुरुकुलहरुबाट १९ जना भन्दा वढिकाृ सहभागिता रहनेछ ।
महायज्ञ सम्पन्न गर्नको लागी करिब १३ लाख खर्चको अनुमान गरिएको सबै सम्पुर्ण लागत प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीले प्रदान गर्नुहुने पनि सो अवसरमा जानकारी गराईएको थियो ।
भदौ ३० गते उद्घाटन कार्यक्रम भई ६ गतेसमम सञ्चालन हुने महायज्ञमा विहान ६ः०० बजेदेखी १०ः०० वजेसम्म पाठ पारायण, बिहान ११ः०० वजेदेखी ५ः०० वजेसम्म दैनिक भजन कृतन सहित कथावाचन हनेछ भने भदौ ६ गते बिहान वजेदेखी संस्कृत मावि तह गण्डकी प्रदेश स्तरीय भागवत वाचन प्रतियोगिता, अभिनन्दन, लगायतका अनुष्ठानहरु सहित सम्पन्न हुनेछ ।
Discussion about this post