लेखनाथ – पोखरा ३२ का स्थानीय हरुले अवरोध गरेपछि १२ दिनदेखि नउठेको पोखरा महानगरको फोहोर मंगलबारदेखि लामेआहाल स्थित डम्पिङ्ग साईटमा फालिएको छ।
मंगलबार बिहानै फोहोर बोकेर ल्यान्डफिल पुगेका ३० गाडीले १२ दिनदेखि को फोहोर बिसर्जन गरेका हुन्।
उच्च अदालत पोखराले आइतबार आदेश जारी गर्दै अन्तिम फैसला नआउँदा सम्मका लागि फोहोर विसर्जनमा अवरोध नगर्न भने संगै पोखरा महानगरले तत्कालका लागि लामेआहालमा फोहोर व्यवस्थापन गर्न लागेको हो।
Discussion about this post