लेखनाथ । पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
विकास निर्माण तथा बजेटमा पोखराले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकोले आफूहरू साबिकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको अभियानका एक सदस्य सन्दीप पौडेलले बताए ।
पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।
सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको लेखनाथवासीको सधैको गुनासो रहँदै आएको छ । लेखनाथलाई छुट्टै पालिका बनाउन सके यहाँका तालहरूको संरक्षण, पर्यटन प्रवद्र्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने स्थानियहरु बताउँछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् । उनले महानगर भइसकेपछि जुनरूपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरममा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।
Discussion about this post