असार २९, लेखनाथ
पोखरा महानगरपालिका वडा नम्बर १३ ले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । बिहीबार देखि वडा भित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु भएको हो । वडाका सबै बिरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने वडाध्यक्ष किरण बरालले बताए ।
‘आज पनि सामान्य बिरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन ।
आज सानो खुसीको खबर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिन देखि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।’
Discussion about this post