• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो

Lekhnath Khabar by Lekhnath Khabar
May 14, 2023
in समाचार, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

लेखनाथ कविता प्रतियोगितामा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । यस्तै, रुपन्देहीका गोपालप्रसाद आचार्य द्वितीय, कपिलवस्तुकी जोशिका कँडेल ‘निशा’ तृतीय तथा नुवाकोटकी एलिका एकलासले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगातामा देशभरबाट प्राप्त २ सय ४० रचनामध्ये १७ छनोटमा परेका थिए ।

तीमध्ये १५ जनाले रचनावाचन गरेका थिए । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कविशिरोमणि लेखनाथ पौडेलको सम्मानमा आयोजित राष्ट्रियस्तरको प्रतियोगिताको विशेष महत्व रहेको उल्लेख गरे । उनले प्रतियोगीहरुलाई निरन्तर साहित्य साधनामा लागेर आपूmलाई चिन्तनशील बनाइराख्न आग्रह गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले कविशिरोमणि लेखनाथ बाहिर पनि उत्तिकै सम्मानित साहित्यकार भएको बताए । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले यो कार्यक्रम पोखरा महानगरपालिका र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र कविशिरोमणि जन्मस्थल विकास समितिको सहकार्यमा भएको बताए । लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रघर आत्रेयले प्रतियोगिताले स्रष्टालाई अझ बढी सिर्जनशील बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कास्की जिल्ला समन्वय अधिकारी नवराज बराल, कविशिरोमणि जन्मस्थल विकास समिति कावा अध्यक्ष गोपीराज पौडेलले मन्तव्य राखेका थिए । लेखनाथ साहित्य प्रतिष्ठान उपाध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत तथा प्रतिष्ठान सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

सोही कार्यक्रमबीच डा.लक्ष्मीशरण अधिकारीले नेपाली आधुनिकता र लेखनाथ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रतियोगितामा डा.जगन्नाथ रेग्मी निर्णायक समिति संयोजक थिए । सदस्यमा डा. आनन्दमणि रिजाल र प्राज्ञ नारायण मरासिनी थिए । सो अवसरमा अप्रतियोगी कविहरु शिव त्रिपाठी, ऋषिकेश बराल, सोमनाथ देवकोटा, कृष्णमणि लामिछाने, हरिराज पौडेल, माधव देवकोटाले रचनावाचन गरेका थिए ।

May be an image of 4 people and text

Previous Post

माया दर्शाउनुहोस, रक्तदान गर्नुहोस: नेरसो राखी युवा रेडक्रस

Next Post

एक दिने ब्यबसायीक तरकारी खेती कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
एक दिने ब्यबसायीक तरकारी खेती कार्यक्रम सम्पन्न

एक दिने ब्यबसायीक तरकारी खेती कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?