• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विमान दुर्घटनाको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

Lekhnath Khabar by Lekhnath Khabar
February 6, 2023
in समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरू पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगकका पदाधिकारी नेपाल फर्किएका हुन्।

उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिङ्गापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। सो अवसरमा सिङ्गापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ।

विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ। उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव लामिछानेले बताए।

आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्याङ्कको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो।

आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो। आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिङ्गापुर गएका थिए। उनीहरू अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन्। रासस

Previous Post

पोखरा १५ का भूमिहीनलाई निस्सा वितरण

Next Post

दिपाङ ताल अर्थात ‘हनिमुन लेक’ लाई आयआर्जनसँग जोड्दै स्थानिय

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दिपाङ ताल अर्थात ‘हनिमुन लेक’ लाई आयआर्जनसँग जोड्दै स्थानिय

दिपाङ ताल अर्थात 'हनिमुन लेक' लाई आयआर्जनसँग जोड्दै स्थानिय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?