लेखनाथ, १२ माघ । पोखरा–२७, तालचोकमा रहेको विन्धवासिनि गार्मेन्टले पोखरा–३१ मा रहेका २ वटा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
श्रीपञ्चमीको अवसरमा विद्यालयका सञ्चालकहरु शालिकराम तिवारी, चन्द्रकान्त तिवारी र दामोदर तिवारीले पोखरा ३१ वेगनासमा रहेको विश्वज्योति आधारभुत विद्यालय र जलाधार आधारभुत विद्यालय भँगेरीमा अधयनरत विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सेट वितरण गरेका हुन ।
विश्वज्योति आधारभुत विद्यालयका प्रअ सोमनाथ कँडेल र व्यवस्थापन समितिका अध्यक्ष चतुरे बि.कको उपस्थीतीमा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो भने जलाधार आधारभुत विद्यालयको ३९औं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा प्रअ मिना तिवारी र व्यवस्थापन समितिका अध्यक्ष माधव तिवारी लगायतको उपस्थीतीमा न्यानो कपडा वितरण गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नी ७९ वर्षीया हजुरआमा लिलावती तिवारीलाई अभिनन्दन समेत गरीएको दामोदर तिवारीले जानकारी दिए ।
सञ्चालक मध्येका एक चन्द्रकान्त तिवारीले विश्वज्योति आधारभुत विद्यालय आफुहरुले पहिले अध्ययन गरेको विद्यालय भएको र जलाधार आधारभुत विद्यालय आफ्ना हजुरबुवाले जग्गा दान गरि स्थापना गरेको विद्यालय भएका कारण आफुहरुको तर्फबाट धेरथोर केही गर्न सकिन्छकी भन्ने भावनाले सहयोग गरेको वताए ।
Discussion about this post