रामशरण नेपाली
लेखनाथ, पुस ३० । बेगनासतालको पर्यटन प्रर्वद्धन एवं लेखनाथ क्षेत्रको विकासमा सघाउने उद्धेश्यका साथ शनिबारबाट हाम्रो बेगनासताल राम्रो बेगनासताल अभियान शुरु भएको छ ।
समग्र लेखनाथवासिहरुलाई एकतावद्ध गरी बेगनासतालको पर्यटन प्रर्वद्धनमा टेवा पु्रयाउनुका साथै विकासका हिसाबले पछाडी परेका ठाउँहरुबारे राज्यका विभिन्न निकायहरुको ध्यानाकर्षण गराई विकासको मुल प्रवाहमा ल्याउने उद्धेश्यले को लागी दोश्रो संस्करणको रुपमा अभियान सञ्चालन गरिएको अभियानका संयोजक नवराज ओझाले वताए ।
हामी र हाम्रो शान, बेगनास हाम्रो अभियान भन्ने नाराका साथ वृहत बनभोज सहित आयोजना गरिएको उक्त कार्यक्रम अघी बिहान ८ बजे तालचोकबाट विभिन्न नारा सहितका प्ले कार्ड बोकेको र्याली निकालीएको थियो । उक्त रयाली शिशुवा, मोहोरिया बेगनासताल बसपार्क हुँदै बेगनासताल ड्यामसाईडमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
स्वतस्र्फुत रुपमा र्यालीका सहभागीले ‘पर्यटक आए बाटो खोई?’, ‘ताल विकासको बाधक होईन’, ‘पर्यटन प्रर्वद्धनमा यूवाको चासो’, ‘युवाहरुको आव्ह्वान वृहत बेगनासतालको पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए ।
बेगनासताल सम्पुर्ण लेखनाथबासिहरुको अमुल्य पर्यटकिय निधी भएको र यसको विकासका लागी पछिल्ला दिनहरुमा विभिन्न स्थानीय सामाजीक संघ संस्थाहरुका गतिविधि अत्यन्तै न्यून हुने गरेकाले आगामी दिनहरुमा अझै वृहत भुगोल र सहभागीता हुने गरी सबैको साझा संस्थाको रुपमा स्थापीत गरि पर्यटन प्रर्वद्धन र विकासका क्षेत्रमा भुमिका खेल्ने योजना रहेको अभियानका सह–संयोजक बुद्धि सुवेदीले जानकारी दिए ।
यस्तै अभियानका सचिव प्रकाश लामिछानेले सबैलाई एकतावद्ध गर्दै पर्यटन प्रर्वद्धनका लागी विभिन्न गतिविधिहरु गर्नु आफुहरुको लक्ष्य भएतापनि सिंगो पोखरा महानगरपालिकामा गाभिएको लेखनाथ नगरपालिकालाई पुनः कायम गराउने विषयमा पनि आवाज उठाईने वताए ।
उक्त अवसरमा उप–प्राध्यापक एवं अभियन्ता सुरेन्द्र बाबु तिवारीले बेगनासतालको प्रर्वद्धनको लागी सहकारी मोडल वा गैरनाफामुलक कम्पनीको अवधारण बमोजिम विभिन्न पर्यटकिय पुर्वाधारहरुको विकास गर्न सकिने वताएका थिए । उनले बेगनासतालसँगै लेखनाथका अन्य तालहरुको जैविक विविधताको सरक्षण गर्न, परियोजनागत रुपमा विभिन्न कामहरु गर्न र त्यसको लागी लगाानीको वातावरण बनाउने साझा फोरमको रुपमा अभियानलाई अगाडी वढाईने वताए ।
कार्यक्रममा कलाकारहरुको सांगीतीक प्रस्तुतीका साथै विभिन्न खेलहरु समेत खेलाईएको थियो । २०७७ साल फागुन २२ गते अभियानको स्थापना गरिएको भए पनि कोरोना महामारीका कारण कुनै पनि गतिविधिहरु अगाडी वढ्न सकेका थिएनन ।
Discussion about this post