पोखरा, २७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि बुधबारदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
बैंकहरुको मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे छन् ।
१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज भएकोले अब मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा १०० नै कित्ता नै सेयर हुनेछ ।
एकीकृत कारोबार सुरु गरेको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ का कुल पुँजीकोष ५८ अर्ब र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।
यस्तै शाखा सञ्जाल २ सय ५७, एक्सटेन्सन काउन्टर ५९ र एटिएम संख्या २ सय ७५ पगेको छ । ग्राहक संख्या ३० लाख पुगेका छन् ।
Discussion about this post