• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

कृषकको पनि महोत्सव लेखनाथ महोत्सव

हालसम्म करिब ५ करोडको कारोबार

Lekhnath Khabar by Lekhnath Khabar
December 27, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, ११ पुस ।
पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३७ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै ४५ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ५ सय किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटो परिक्षणको व्यवस्था समेत मिलाईएको छ । जहाँ माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट ५५ जनालाई पुरस्कृत समेत गरिएको संघका कृषि उप–समितिका संयोजक दयाराम तिवारीले जानकारी दिए ।

महोत्सवमा रहेका कृषिका ४५ स्टलहरु मध्ये ताजा तरकारीका २५, सुन्तला तथा फलफुलका १५ र माछाका ५ वटा स्टलहरु रहेका छन । माछाका स्टलहरुमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ भने केही स्टलहरुमा तत्काल स्वाद लिन पाउने गरी ग्रिल गरेर समेत राखिएको छ । महोत्सवमा दैनीक रुपमा सरदर ३ सय केजी माछा बिक्रि हुने गरेको तिवारीले जानकारी दिए ।

सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको कृष्ती, बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर ५ सय केजी सुन्तला बिक्रि हुने गरेको छ ।

ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन ।

कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन । स्थानिय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ ।

हालसम्म करिब ५ करोडको कारोबार


महोत्सवमा हालसम्म करिब ५ करोडकोे कारोवार भएको छ । महोत्सवको छैटौं दिनसम्म आईपुग्दा ४ करोड ९५ लाखको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन ।

यस्तै महोत्सवको हालसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । मंगलबार मात्रै १५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवमा मनोरञ्जनका लागि दैनिक जसो रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।

मंगलबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनार लगायतको प्रस्तुती रहेको थियो भने हाँस्यव्यग्य तर्फ दिपक थापाको प्रहसनले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै बेलुका लाइभ कन्सर्टतर्फ तृष्णा गुरुङ, याम नेपाली, सुचिल र एन एमले स्टेज तताएका थिए ।

बुधबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु सुमन परियार, भनश्याम रिजाल, बालकृष्ण वाग्ले, नेत्र खडका, गायिकाहरु अस्मिता डल्लाकोटी, ईन्द्रा गुरुङ, सरिता सारु मगर लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ उर्गेन दोङ, एलविन थापा र सुसन बागदासको बेजोड प्रस्तुती रहनेछ ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको मंगलबार लक्ष्मी ग्रुपका उद्योगपति गणेश बहादुर श्रेष्ठ र शुक्लागण्डकी उद्योग वाणिज्य संघको टिमले समेत अवलोकन गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।

ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् ।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार

Next Post

कृषकको पनि महोत्सव लेखनाथ महोत्सव

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
कृषकको पनि महोत्सव लेखनाथ महोत्सव

कृषकको पनि महोत्सव लेखनाथ महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?