• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

महोत्सवको पुर्बसन्ध्यामा अठार कविद्वारा अठार कविता वाचन

Lekhnath Khabar by Lekhnath Khabar
December 19, 2022
in समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ । ४ पुस
यही पुस ७ गतेदेखि शुरु हुने १८औं लेखनाथ महोत्सवको पुर्बसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन । कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचीत अठार कविता अठार जना कविहरुले वाचन गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताउँदै उनको सम्मानका लागि यही छेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा कविहरु ऋषिकेश बरालले ऋतुविचार, तारानाथ पराजुलीले पुर्बस्मृती, डा. इश्वरमणि अधिकारीले चरीको बिलाप, जीवनसागर भण्डारीले गौथलीको चिरीबीरी, अमृता पोख्रेलले कालमहिमा, नवराज अधिकारीले पिजडाको सुगा, नारायणी अधिकारीले तरुण तपसी, अम्बिका प्रसाद भट्टराईले हिमाल, छन्दिका त्रिपाठीले आमाको सम्झना, सागर केसीले नैतीक दृस्टान्त कविता वाचन गरेका थिए ।

यस्तै कविहरु पद्मराज ढकालले बुद्धि बिनोद, नारायण प्रसाद पोख्रेलले मेरो किशोर, निर्मल सोतीले साहित्यको फुटबल, डा. जगन्नाथ रेग्मीले कलमसित, शिव संकल्पले सत्य सन्देश, बिकेश गिरीले कुन्जबर्तिनी बिप्रलब्धा, शिव त्रिपाठीले वसन्त कोकिल र माधवशरण उपाध्यायले भानु अस्तायेपछि लगायतका कविताहरु वाचन गरेका थिए ।

उक्त अवसरमा वडा न. २७ का अध्यक्ष पुर्णकुमार गुरुङ, लेखनाथ उधोग वाणिज्य संघका पुर्वअध्यक्ष सुमन भट्टराई लगायतले बोलेका थिए ।
महोत्सवका संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक कार्यक्रम उप समिति सह–संयोजक सन्जिव पौडेलले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन उप–समितिका सदस्य मदन घिमिरेले र कार्यक्रमको संचालन संयोजक केपी ढुंगानाले गरेका थिए

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी आयोजकले निशुल्क स्टलको ब्यवस्था गरेको छ भने महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।
महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।

१० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

Previous Post

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

Next Post

१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत भलिबल र बास्केटबलका खेल सुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
अर्थ खबर

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

Next Post
१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत भलिबल र बास्केटबलका खेल सुरु

१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत भलिबल र बास्केटबलका खेल सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?