• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

एघारौँ पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.

Lekhnath Khabar by Lekhnath Khabar
December 12, 2022
in अर्थ खबर
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

पोखरा मंसिर २६ गते ।  एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ ।  आगामी पुष २७ देखि माघको ९ गते सम्म युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो ।
महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए ।
पोखरा नयाबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ । पोखरा महोत्सव संग सहकार्य गरी आफ्नो ब्यापार संगै महोत्सव आयोजक युनाईटेड क्लवले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि वढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो ।
युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै महोत्सवको माध्यामबाट प्रा.लि. बाट उत्पादित सामाग्रीहरुको प्रवद्र्धन गर्न आफुहरुले कुनै कसर बांकी नराख्ने समेत वताए ।
महोत्सवबाटै सामाजिक काममा आफुहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको वताए । महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
एघारौ पोखरा महोत्सवदेखी युनाईटेड क्लवले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले वताए ।

Previous Post

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्सका खेल जारी

Next Post

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

प्याब्सन स्पोर्टस मिट ः भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?