भाद्र,१० लेखनाथ ।।
पोखरा २७ तालचोक स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा विविध सांस्कृतिक कार्यक्रम गरी हरितालिका तीजको उपलक्ष्यमा सुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजनामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका पराजुली अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सृष्टि तिवारीले गरेकी थिइन ।
प्रमुख अतिथि जानुका पराजुली अधिकारीले विद्यार्थी कल्याणकारी समितिले आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा खुसी व्यक्त गर्दै नारीहरुको महान पर्व हरितालिका तिजको सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले आफुले पढाईको लागि गरेका त्याग र संघर्षका कारण आज यस स्थान सम्म आउन सफल भएको बताउँदै, अहिलेको समयमा व्यवस्थापन विषय पढ्नेका लागि अनेकौं अवसर रहेको तथा उज्वल भविष्य समेत रहेको बताउनुभयो ।
विद्यार्थीहरुको अत्यन्तै रमाइलो प्रस्तुती रहेको कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्वाह गर्नुभएकोमा जानुका पराजुली अधिकारीलाई मायाको चिनो र खादा लगाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य बिद्यार्थी कल्याकारी समितिका सदस्य बि। बि। एस। तेस्रो बर्षमा अध्यनरत बिद्यार्थी रन्जना रिमालले राखेकी थिइन । कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराई, क्याम्पस प्रमुख यदुराज आचार्य, बिद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम लगायतले बोलेका थिए
कार्यक्रमको संचालन समितिका सहसचिव प्रतिभा बास्तोला र सदस्य अनिता न्यौपानेले गरेका थिए भने कार्यक्रमको समापन विद्यार्थी कल्याणकारी समितिको अध्यक्ष एवं। कार्यक्रमको सभापति सृष्टी तिवारीले गर्नुभयो ।
Discussion about this post