• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home प्रवास

कास्की आदर्श समाज बहराईनको तेश्रो बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
July 23, 2022
in प्रवास, समाचार, समाज
0
0
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

कास्की आदर्श समाज बहराईनले २२ जुलाई २०२२ शुक्रबारका दिन समाज स्थापनाको तेश्रो वार्षिकोत्सब तथा साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। बहराईनकाे अदलिया स्थित नेपालीको क्लबको सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे सभापतित्व समाजका अध्यक्ष श्री प्रेम बहादुर क्षेत्री ज्यूले गर्नुभएको थियो भने अग्रज समाजसेवी तथा समाजका प्रमुख सल्लाहकार श्री शंकरमान गुरुङज्यू प्रमुख अतिथि रहनुभएको थियो। समाजका महासचिव देव गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कास्की समाजका अग्रज अभियन्ताहरु सल्लाहकार हरु, आजिवन सदस्य हरु, साधारण सदस्य हरु लगाएत कास्की जिल्ला घर भई बहराईनमा बस्दै आएका कस्केली दाजुभाइ तथा दिदीबहिनीहरुकाे उपस्थिति रहेको थियो।

पानसमा दीप प्रज्वलन गर्दै नेपालको राष्ट्रिय गान सहित केक काटेर विधिवत रूपमा कार्यक्रमकाे उदघाटन गरिएको थियो। उदघाटन पश्चात समाजका प्रथम उपाध्यक्ष श्री पूर्ण बहादुर परियारज्यूले उपस्थित सम्पूर्ण अतिथि गणहरुलाई स्वागत गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कोषाध्यक्ष तथा महासचिवले क्रमशः समाजको २०२१-२३ कार्यकालको पहिलो एक वर्षको आर्थिक प्रतिवेदन र कार्यप्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमकै बिचमा समाजको आजिवन सदस्यता ग्रहण गर्नुहुने कस्केलीहरुलाई स्वागत गर्दै आजिवन सदस्यताकाे प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यसमितिमा मनोनित हुनुहुने सदस्य ज्यूहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण महिला दिदी बहिनीहरुको तर्फबाट समाजकी महिला सदस्य श्री लक्ष्मी क्षेत्री ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अतिथिको रूपमा उपस्थित हुनुभएका समाजका संस्थापक सल्लाहकार श्री डिल्लीराम सापकोटा ज्यूले शुभकामना मन्तव्य राख्दै समाजले गरेका हरेक कामहरू लाई आफूले नजिकबाट नियालिरहेको र अति प्रसन्न रहेको बताउनुभएको थियो। यसरी नै आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि श्री शंकरमान गुरुङ्ग ज्यूले समाजले स्थापना कालदेखि गरेको विभिन्न कामहरूको बारेमा प्रशंशा गर्दै आगामी दिनहरुमा पनि यसरीनै सबैजना एकताबद्ध भएर अगाडि बढ्दै जाओस भन्ने शुभेच्छा प्रकट गर्नुभएको थियो। कार्यव्यस्तता कारण छोटो समयका लागि उपस्थित हुनु भएका समाजका संरक्षक तथा वरिष्ठ समाजसेवी श्री शिवशंकर आचार्य ज्यूले तेश्रो वार्षिकोत्सबकाे शुभकामना दिँदै समाजले गरेका कामहरूले आफू अत्यन्त हर्षित भएको र समाजका लागि आफूबाट हुनसक्ने साथ सहयोग र समर्थन सदैव रहिरहने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सभापति तथा समाजका अध्यक्ष श्री प्रेम बहादुर क्षेत्रीले समाज स्थापनाको तेश्रो वार्षिकोत्सबकाे शुभकामना दिँदै प्रथम वर्ष पूरा गर्दै गर्दा समाजले हासिल गरेको सफलता र उचाईका पछाडि कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य साथिहरुको समाज प्रतिको लगन निष्ठा र एकता प्रमुख रहेको वताए । सो कार्यक्रमको बारेमा संस्थाका सचिव रबी राज पौडेल ले जानकारी गराएका हुन् ।

Previous Post

डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने

Next Post

आमा उमादेवी गुरुङको स्मृतिमा श्रीमद्भागवत सप्ताह महापुराण हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आमा उमादेवी गुरुङको स्मृतिमा श्रीमद्भागवत सप्ताह महापुराण हुने

आमा उमादेवी गुरुङको स्मृतिमा श्रीमद्भागवत सप्ताह महापुराण हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?