असार ४ पोखरा | गीत संगीत एउटा यस्तो चिज हो जसले मानब मात्र होईन प्रकृतिका हरेक प्राणीको मन जितेको हुन्छ। संगीतले हरेक क्षेत्र अनि हरेक पेशाका मान्छेहरुको मन तानेको हुन्छ ।
पोखराको बेगनासमा जन्मिएका गणेश कंडेल पेशाले ईन्जिनियर हुन । नेपाली गजल तथा आधुनीक गीत साहित्यमा उच्चतम् खुबि रहेका कंडेलको दोस्रो आधुनिक गीत “रुने बानी” भन्ने उनको भर्खरै सार्वजानिक भएको छ ।
प्रस्तुत गीत आवाज र संगीत भने अहिलेका चर्चित गायक प्रमोद खरेल र संगीतकार कार्कि जीको रहेको छ भने उक्त गीतमा अभिनय बिक्रम बुढाथोकी, अनु परियार र कार्की जी को रहेको छ । नेपाली गीतमा बिल्कुलै फरक शैली अपनाउने गायक प्रमोद खरेल गीतकार गणेश कंडेलको पहिलो रोजाईमा परे।
उक्त गीतको भिडियो हालै सार्वजानिक गरिएको छ। जसमा वास्तबिक गायन शैलीलाई प्रयोग गरि भिडियो सम्पादन गरिएको छ ।
Discussion about this post