लेखनाथ, ९ चैत ।
लेखनाथ जेसीजको आयोजनामा लेखनाथ महोत्सव स्थल डाडाँको नाकमा मंगलबार हुने भनिएको सांगितिक कार्यक्रम ‘जेसिज नाईट–२०७८’ लाईभ कन्र्सट स्थगित भएपछि पुनः आज हुने भएको छ ।
कार्यक्रम शुरु हुनै लाग्दा अचानक आएको हावा हुरी सहितको पानीका कारण कार्यक्रम स्थगित भएको थियो । मंगलबार नै अधिकांश दर्शकहरुलाई टिकट वितरण गरिसकिएको र कलाकारहरु पनि तयारी अबस्थामा रहेकाले कन्सर्ट आज पुनः गरिने आयोजकले जनाएको छ ।
मौसमको प्रतिकुलतालाई ध्यानमा राख्दै कार्यक्रम ४ वजेबाट नै शुरु गरिने कार्यक्रम संयोजक रोशन अधिकारीले जानकारी दिए ।
स्थानीय व्यापारी एवं उद्यमीहरुको बजार प्रर्वद्धनका लागी टेवा पु¥याउने मुख्य उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु दिपक बज्राचार्य एण्ड द रिदम ब्याण्ड र छेवाङ लामाले आफ्ना चर्चित गितहरु गाउनेछन भने एलिना रायमाझीको
उत्कृष्ट नृत्य र स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजक क्लवका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।
पोखरा ईन्टरनेटले मुख्य प्रायोजन गरेको कार्यक्रमको टिकट तथा ब्यानर प्रायोजनमा रुपा मार्केट पोखरा–२९, फेशन पार्टनरमा बारकोड (प्रिमियम डेनीम कम्पनी), रेष्टुरेण्ट पार्टनरमा सेन्टरलाईन रेष्टेरेण्ट एण्ड बार तालचोक, क्लोथिङ पार्टनरमा अप्सन्स कल अप्सन तालचोक, ड्रिङकिङ पार्टनरमा रेनड्रप पिउने पानी, सहयोगी संस्थामा मेरीना कन्सट्रक्सन र मिडिया पार्टनरमा लेखनाथ खबर डट कम रहेका छन ।
राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहेको र प्रवेश टिकटको मुल्य जम्मा रु ३ सय मात्र राखिएका कारण ५ हजार भन्दा वढि दर्शकहरुको उपस्थीती रहने आफुहरुले अपेक्षा राखेको क्लवका महासचिव कृष्ण तिवारीले वताएका छन ।
कार्यक्रम सम्पन्न गर्नको लागि १५ लाख ६५ हजार खर्च लाग्ने र २३ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य छ भने यसबाट हुने वचत रकम बहुआयामीक सुविधा सम्पन्न तालिम हल तथा सेमिनार हल निर्माणमा खर्च गरिने समेत आयोजकले जनाएको छ ।
Discussion about this post