लेखनाथ ३ मंसिर ।
लेखनाथ जेसिजको २४ औ बार्षिक साधारण सभा तथा २३ औं अधिवेशन सनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्रीले युवाले देश विकासको लागि नेतृत्वदाई भुमिका निभाउनु पर्ने सुझाव राख्दै जेसिजले नेतृत्व र क्षमता विकासमा सहायोग पु¥याउदै आएको विचार राख्नु भएको थियो ।
सोही अवसरमा नेपाल जेसिजका ४८ औं राष्ट्रिय महाधिवेशनका निर्देशक ईश्वर कर्माचार्यले जेसिज सिक्ने र सुकाउने थलो भएकाले जेसिज अभियानलाई युवाहरुको माझामा ल्याएको धारणा राख्नु भएको थियो भने लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जेसिजले युवाहरुलाई आय आर्जनको वाटो तर्फ उन्मुख गर्दै ब्यवसायीक वनाउन सहयोगीको भुमिका निभाएको विचार राख्नु भएको थियो ।
लेखनाथ जेसिजका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका निर्वतमान अध्यक्ष शिवप्रसाद सापकोटा,वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङ लगाएतले जेसिजले सिकाउने, टिकाउने,विकाउने र कमाउने क्षेत्रमा सहयोग पु¥याउदै आएको भनाई राखेका थिए ।
लेखनाथ जेसिजका सचिव चन्द्रप्रकाश ढुगानाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारी उपाध्यक्ष कृष्ण तिवारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष प्रकाश राईभाटले गरेका थिए ।
Discussion about this post