लेखनाथ, १६ असोज ।
पोखरा –२७ रिठेपानीमा रहेको राईजिङ स्टार युथ क्लवले राखेको १९ औं खुल्ला रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ।
क्लवको वार्षिक कार्यक्रम अन्तरगत शुक्रवार राखिएको खुल्ला रक्तदानका पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाउनु पर्ने सुझाव राख्दै स्थानिय स्थरको विकास निर्माणमा युवाको सहभागीता रहनु पर्नेमा जोड दिनु भएको थियो ।
क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली,क्लवका कोषाध्यक्ष सागर गुरुङ र कार्यक्रम संयोजक राज कुमार गुरुङ लगाएतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराउनु भएको थियो । यसै वर्ष क्लवले कोरोनाका समयमा बजारमा देखिएको रगतको अभावलाई पुरा गर्न तीन पटक आकस्मीक रक्तदानको आयोजना गरेको थियो ।
Discussion about this post