• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सोलारको प्रशारण लाईन विस्तारमा स्थानीयको अवरोध

Ramsharan Nepali by Ramsharan Nepali
October 7, 2021
in समाचार, स्थानीय
0
0
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, असोज १० । कास्कीको रुपा गाउँपालिका स्थित नेपाल सोलार फार्म आयोजनाबाट उत्पादित ३३ के.भी. विद्युत प्रशारण लाईन विस्तारमा पोखरा ३० र ३१ का स्थानीयले अवरोध गरेका छन ।

उत्पादीत विद्युत लेखनाथ विद्युत प्राधीकरणको शव स्टेशनमा जोड्नको लागी प्रशारण लाईन विस्तार गर्ने क्रममा सोलार कम्पनीले स्थानीयलाई जोखीम हुने गरी वातावरणीय अध्यन प्रतिवेदन तयार नै नगरी एकलौटी ढंगले विस्तार गरेको भन्दै स्थानीयले अवरोध गरेका हुन ।

स्थानीयले आफुहरुले उठाएका मागलाई सम्बोधन नगरी एकलौटी ढंगले पेलेरै जाने मनस्थीतीका साथ परियोजनाले काम अधि वढाएको खण्डमा गाडीएका पोल समेत ढलाउने चेतावनी समेत दिएका छन ।

स्थानीयहरुले प्रशारण लाईन विस्तार गर्दा मानव वस्तीलाई हुने जोखीमलाई ख्याल नगरीएको, स्थानीय संघ संस्था एवं वुद्धिजीवीहरुको राय सुझावलाई नजरअन्दाज गरिएको, क्षति न्यूनिकरण र क्षतिपुर्ति सम्बन्धमा कुनै सम्बोधन नगरिएको, सामाजीक उत्तरदायीत्वबाट पन्छीन खोजेको, बाटोको मापदण्ड मिचेर पोल गाडेको, विद्युत प्राधिकरणको लाईन सँग नजिक एवं जोखीम हुने गरी तार टागिएको लगायतका विषयमा असहमती प्रकट गरेका हुन ।

पटक पटक स्थानीयहरुबाट अवरोध हुन थालेपछि आयोजनाले प्रहरी प्रशासनको सहयोगमा समेत कार्य गर्ने गरेको पाईएको छ । यस विषयमा गत २०७७ मंसिर १६ गते नै स्थानीयहरुले हस्ताक्षर संकलन गरी वडा नं. ३० र ३१ को कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।

वडा नं. ३१ ले स्थानीय साउनेपानी बरेली सामुदायीक बन उपभोक्ता समितिका उपभोक्ताहरुको तर्फबाट गठन भएको स्थानीय टाक्स फोर्स समिति, संर्घष समिति, विद्युत प्राधिकरण र वडा कार्यालयबाट स्थालगत निरिक्षण गरी आउने निष्कर्षका आधारमा काम अगाडी वढाउन पत्राचार वडाध्यक्ष कमल बहादुर थापाले वताए ।

वडाध्यक्ष थापाले सोलार कम्पनीले विभिन्न निकायबाट अनुमती लिएका भएता पनि हाई भोल्टेजको लाईन भएका कारण स्थानीयहरुले जोखीम महशुस गरी काममा अवरोध गरेकाले समस्या उत्पन्न भएको वताए ।

यता कम्पनीका निर्देशक शैलेन्द्र भट्टराईले विभिन्न निकायबाट लिनुपर्ने लाईसेन्स, अनुमति प्रक्रिया पुर्याएर काम गरिएको र विदुत प्राधिकरणबाट पनि स्थलगत निरिक्षण गरि पुरा गर्नुपर्ने प्राविधिक मापदण्ड पुरा गरिएको वताउँदै स्थानीयहरुमा फैलाईएको अफवाहका कारण समस्या आएको वताए ।

उनले घर क्षेत्रमा कायम गर्नुपर्ने २ मिटरको दुरी कायम भएको, जोखीम क्षेत्रमा कालो तार प्रयोग गरिएको, कसैको व्यक्तिगत जग्गामा पोल नगाडिएको र वातावरणीय प्रभाव अध्ययन मुल्याङकन प्रतिवेदन समेत तयार पारिएको वताउँदै यति हुँदा हुँदै पनि गुण्डागर्दी शैलीमा पोल उखेलेर फाल्ने लगायतका धम्की आएको वताएका छन ।

Previous Post

गण्डकीमै पहिलो पटक Iso certified सिभिल ल्याब सन्चालनमा

Next Post

थप १,१५८ जनामा कोरोना संक्रमण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

थप १,१५८ जनामा कोरोना संक्रमण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?