• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मैदी तालको डुबानबाट प्रभावित किसानहरु आन्दोलीत

Ramsharan Nepali by Ramsharan Nepali
July 12, 2021
in समाचार, स्थानीय
0
0
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
असार २८, लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा पर्ने मैदीतालमा बनाईएको बाँधका कारण पानीको निकासमा अवरोध भई तालको उत्तरी तटीय क्षेत्रका किसानहरुको धान खेत डुवानमा परेपछि प्रभावित किसानहरु आन्दोलीत भएका छन ।

डुबानमा परेको धानबालीको क्षतिपुर्ति पाउनुपर्ने र पानीको निकासलाई सहज बनाउनु पर्ने माग राख्दै किसानहरु आन्दोलीत भएका हुन । प्रभावित किसानहरुले धानबालिको क्षतिपुर्ति उपलब्ध गराउन र यथाशिघ्र पानी घटाउन अनुरोध गर्दै यहि असार २१ गते मैदी तालक्षेत्र संरक्षण तथा विकास समाज समक्ष निवेदन दिएका थिए ।

गत सालदेखी नै धान बाली डुबानमा पर्दै आएको र समाधानका लागि विनम्रतापपुर्वक अनुरोध गर्दा पनि ताल समितिले वेवास्ता गर्दै आएको र यस वर्ष पनि समस्या समाधानको लागि समितिले तत्परता नदेखाएपछि मैदी खेत संरक्षण समिति गठन गरी माग पुरा गर्नको लागि दवाव दिईएको सचिव सोमराज त्रिपाठीले वताए ।

यता मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेले किसानहरुलाई असर पुर्याउने उदेश्यले कुनै कार्य नगरिएको र प्राविधिक कारण र अत्याधिक वर्षातका कारण पानीको सतह वढ्न गई किसानहरुको धान खेत डुवानमा परेको वताए ।
उनले आगामी हिउँदमा तालको पानिको सतह घटाईने र किसानहरुलाई क्षतिपुर्ति दिलाउने विषयमा सम्बन्धीत निकायमा पहल गर्ने वताएका छन।

२०६९ साल जेठ २ गते तत्कालीन लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणी अधिकारीको रोहवरमा ताल समिति र किसानहरुविच सम्झौता भएको थियो । सम्झौताको अक्षरस पालना गरिनुपर्ने पनी किसानहरुले माग गरेका छन ।

सम्झौतामा पानीको वहावलाई नरोकिने गरी खोलालाई सफा गरी माटोको ठुलो आँठो लगाउने, पानीको सतह नवढ्ने गरी कार्य सञ्चालन गर्ने, किसानहरुको खेतीबालीमा असर नपर्ने गरी कार्य गर्ने, ठुलो आँठो भन्दा बाहिर बफर जोन कायम नर्गर्ने, पानीको सतह वढ्न गई किसानहरुलाई असर पुगे नगरपालिकाले क्षतिपुर्ति प्रदान गर्ने लगायतका बुँदा रहेका छन ।

सोमबार तालको बाँध क्षेत्रमा प्रभावित किसान र ताल समितिविच भएको छलफल कार्यक्रममा वडा नं. २८ का वडाध्यक्ष निर्मल दियालीले ताल समिति र किसानहरु दुवै पक्ष मिलेर संयुक्त कार्यदल बनाएर समस्या समाधान गर्न सुझाव दिएका थिए ।

छलफलले समस्या समाधानको लागी दुवै तर्फबाट ३/३ जना रहने गरि ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा ताल समितिको तर्फबाट भरतराज न्यौपाने, ऋषि त्रिपाठी, दुर्गादत्त अधिकारी र किसानहरुको तर्फबाट किर्तिबल्लभ त्रिपाठी, सोमराज त्रिपाठी, सुशील त्रिपाठी रहेका छन ।

Previous Post

लायन्स क्लब अफ पोखरा इष्ट टाउनद्वारा वृक्षारोपण

Next Post

बिरौटा साझा चौतारीको रक्तदानमा ६५ यूनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
बिरौटा साझा चौतारीको रक्तदानमा ६५ यूनिट रगत संकलन

बिरौटा साझा चौतारीको रक्तदानमा ६५ यूनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?