सन्दिप पौडेल
जेठ २०, लेखनाथ । नेपाली काँग्रेस रुपा गाउँपालिकाले करिब १ सय परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमित भएका परिवारलाई मास्क, सेनिटाईजर, खाद्यान्न, औषधी लगायतका सामग्री वितरण गरिएको हो ।
नेपाली काग्रेस कास्कीका नेता प्रकाशमोहन खनाल, गिमाया गुरुङ्ग, कुमार सुनार, विमलबाबु न्यौपाने, नारायण कुमार श्रेष्ठ लगायतको नेतृत्वमा गाउँपालिका भित्रका संक्रमितहरुलाई राहत वितरण गरिएको हो ।
नेपाली काँग्रेसको जनमुखी कार्यक्रम अन्र्तगत स्थानियस्तरमा कोरोना संक्रमित भई दुःखमा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
Discussion about this post