लेखनाथ, १२ जेठ । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि सगै गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार २२३ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि हो।
पछिल्लो २४ घण्टामा कास्कीमा ४ जना सहित गण्डकीमा ७ जनाको मृत्यु पुष्टि भएको छ । आज गण्डकीमा ९४१ जना कोरोनामुक्त भएका छन् ।
Discussion about this post