लेखनाथ, ११ जेष्ठ ।
स्वास्थ्य निर्देशनालय गण्डकी अपडेट अनुसार पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् भने कास्कीका ४४० सहित गण्डकीमा थप १५४९ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टाको अवधिमा १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा नमुना परीक्षण गरिएको थियो ।
Discussion about this post