• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा पत्रकार पौडेलको सम्झना

Lekhnath Khabar by Lekhnath Khabar
May 25, 2021
in समाचार, समाज
0
0
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ११जेठ ।
कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा अग्रजपत्रकार एवं पत्रकारका नेताहरुले गणेश पौडेल अत्यन्तै मिलनसार र सहहृदयी मित्र भएको भन्दै स्मरण गरे ।

उनीहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारीमा लगाउन महासंघले पहल गर्नु पर्नेमा जोड दिंदै आफूले पनि यस्ता कार्यमा सघाउने प्रतिवद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले कोभिडको बहानामा कुनै पनि मिडिया हाउसले पत्रकार निष्काश गर्न नहुने भन्दै यस्तो गरेको पाइएमा पत्रकार महासंघ चुप लागेर नबस्ने चेतावनी दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले टेलिभिजन पत्रकारिता जगतमा उदाउँदो व्यक्तित्व पौडेलको निधनले कहीं न कही अभाव महसूस हुने बताइन् ।

उनले पौडेलको परिवारजन लाई आवश्यक परेको सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको स्पष्ट पारिन् ।

महासंघ प्रत्येक पत्रकारको साथमै रहेको र हरेक दुःखमा साथ दिने भन्दै अध्यक्ष भण्डारीले कोभिड खोप लगाउन बाँकी रहेका पत्रकारलाई तत्काल खोपको व्यवस्थागर्न माग गरिन् ।

साथै उनले कोरोना महामारीमाअत्यन्तै जिम्मेवार र सजग भएर खटिन आग्रह गरिन् ।

महासंघका पूर्व अध्यक्ष नारायण कार्कीले सहयोद्धा पौडेलको निधनले सिंगो पत्रकार जगत स्तव्ध भएको भन्दै उनलाई बिर्सन निकै गाह्रो पर्ने बताए । कोरोनाको दोश्रो लहर निकै खतरनाक र घातक रहेको भन्दै कार्कीले जोगिएर काम गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमणले छोइ हालेमा कत्ति पनि नआत्तिन, पोषिलो, झोलिलो पद्धार्थ खान र पुदिनाको पात धेरै भन्दा धेरै प्रयोग गर्न पनि आग्रह गरे । कोभिड भएका व्यक्तिले खानेकुरामा नै धेरै भन्दा धेरै ध्यान दिनु पर्नेमा कार्कीले जोड दिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बरालले गणेश पौडेलको निधनले सिंगो पत्रकारिता जगत नै स्तव्ध भएको बताए ।

महासंघका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा कार्यक्रमभएको थियो ।

पोखरा स्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको वैशाख ३० गते निधन भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय थिए । उनकाश्रीमती र दुई छोरा छन् ।

देशभर १६ जनापत्रकारको निधन

नेपालमाकोरोना भाइरस संक्रमणका कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ । यस्तै, ८५० जना पत्रकार संक्रमित भएको महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले जानकारी दिइन् ।

उनले पत्रकार महासंघले कोरोना संक्रमणबाट निधन भएका प्रत्येक पत्रकारका परिवारलाई ३० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिइन् ।

यस्तै, गण्डकीमा कोरोना संक्रमणका कारण दुई जना पत्रकारको निधन भएको छ । गण्डकीमा हालसम्म १०९ जना पत्रकार संक्रमित भएको र अधिकांशनिको भइसकेको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार संक्रमित मध्ये हाल सातजना सक्रिय अवस्थामा छन् ।उनीहरु होमआइसोलेशनमै रहेका छन् ।

Previous Post

के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

Next Post

थप ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

थप ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?