लेखनाथ, ४ वैशाख ।
उज्जवल आमा समुह पोखरा–२६ को सनिवार सम्पन्न २० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आगामी कार्यकालका लागि सरस्वती गौतमको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा काम गर्दै आउनु भएकी गौतमलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो । नव गठित समितिको उपाध्यक्षमा सारदादेवी बराल,सचिवमा तारादेवि शर्मा ढकाल,कोषाध्यक्षमा सपना वराल,सह सचिवमा मना बराल रहनु भएको छ भने समितिको सदस्यहरुमा माया वराल,कृष्णकुमारी कुवँर,पुर्णमाया तिमिल्सेना,मिना बराल,नानु रानाभाट र सुमित्रा वञ्जरालाई चयन गरिएको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले स्थानिय तहको विकासमा सामाजिक संघ सस्थाको महात्वपुर्ण भुमिका रहेको प्रशंग उठाउदै महिलाहरुले आफनो क्षमता अभिबृद्धि गर्नका लागि आमा समुहमा नेतृत्व लिएर सिक्ने र त्यो सिकाईलाई विकास निर्माणको क्षेत्रमा लगाउनु पर्ने सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी कोषाध्यक्ष जानुका पराजुलीले महिलाहरु नेतृत्व लिन पछि पर्न नहुने सुझाव राख्नु भएको थियो भने स्थानिय समाजसेवी गिरीराज गौतमले जहाँ महिलाको नेतृत्व हुन्छ त्यो सस्था सक्रियाका साथ अगाडी वढ्ने र महिलाहरुले समाजमा हुने जुन सुकै विक्रिती र विशंगतीका घटनाको रोकथामका लागि सक्रियता देखाउनु पर्नेमा जोड दिनु भएको थियो ।
उज्जवल आमा समुहकी अध्यक्ष सरस्वती वरालको अध्यक्षतामा भएको कार्यक्रममा रामज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रंगनाथ तिमिल्सेना,बुद्ध आमा समुहकी अध्यक्ष सरस्वती गुरुङ,लोकसास्कृती संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना,स्थानिय समाजसेवी हरि वराल, कुलबहादुर थापा र रामज्योती माविका शिक्षक भोजराज बराल लगाएतले आ आपनो धारणा राख्नु भएको थियो ।
Discussion about this post