किशोर परियार
बैशाख ३ पोखरा ।
सीप सिकेर आत्मनिर्भका साथै स्वरोजगार बन्नुपर्ने गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् ।
तेस्रो चौमासिक अनतरगतको तालिमको गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री पुनले उद्घाटन गर्दै यस्तो बताएकी हुन् । देशको युवा जनशक्ती बिदेशिनु भन्दा देशमै आत्मनिर्भका साथै स्वरोजगार बनाउनका लागि सरकारले तालिमको ब्यवस्था गरेको र यो अवसरको सदुपयोग गरी स्वरोजगार बन्न सकिने उनले बताइन ।
तस्बिर:लेखनाथ खबर संवादाता
सघं र प्रदेश सरकारको लागत साझेदारीमा आ.ब.२०७७/७८ को तेस्रो चौमासिकमा गण्डकी प्रदेश व्यावसायकि तथा सीप विकास तालिम केन्द्रद्वारा निःशुल्क रुपमा सञ्चालन हुने पहिलो चरणका विभिन्न १० वटा तालिमहरुको शुक्रबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रदेश व्यावसायकि तथा सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदिले सिकेको सिप व्यवहारीकतामा पनि लागु गरे मात्र सार्थक हुने बताए । साथै केन्द्रबाट तालिम प्राप्त गरी व्यवसाय दर्ता गरी सञ्चालन गरेमा मन्त्रालयबाट अनुदानको उपलब्ध गराउने सुबेदीले जानकारी दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुवंर , व्यावसायकि तथा सीप विकास तालिम केन्द्रका सूचना अधिकारि रामप्रसाद पौडेल लगायतले तालिम केन्द्रले दिदै आएको तालिम र आधुनिकताको बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा आ.ब.२०७७/७८ को तेस्रो चौमासिकका मन्टेश्वरी, सैलुन, कपाल काट्ने, मोटरसाईकल मर्मत ब्यटिपार्लर, कटाई सिलाई, कुक, विद्युत जडान, मोबाईल मर्मत र भिडियोग्राफी लगायतका तालिमको उद्घाटन गरिएको थियो । १० वटा तालिममा १४ वटा समुह विभाजन गरि तालिम सञ्चालन गरिने व्यावसायकि तथा सीप विकास तालिम केन्द्रका प्रशासन प्रमुख राजन तिमिल्सिनाले जानकारी दिनुभयो ।
Discussion about this post