लेखनाथ,३ वैशाख ।
नयन वचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा २६को नवौं स्थापना दिवस एवं आठौं वार्षिकोत्सवका अवसरमा राखिएको खुल्ला रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
सहकारीका सात सिद्धान्त अन्तरगतको सामाजिक उक्तरदयित्व र समुदायप्रतिको चासोलाई आत्मसाथ गर्दै शुक्रवार कार्यालय परिसर अर्घौचोकमा आयोजना गरिएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको हो ।
रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीको विकाससगै समाजमा स्वच्छ रहने उपायका वारेमा पनि जनचेतना वढेको प्रसंग उठाउदै पराजुलीले रक्तदानले मानिसलाई आफनो स्वाथ्यका वारेमा जानकारी लिने अवसर पनि मिल्ने धारणा राखेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकालले सहाकारीले पैसाको मात्र कारोवार नगरि सामाजिक उक्तरदायित्वका पनि काम गरेर देखाउदै आएको विचार व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौं वजार ब्यवस्थापन समितिका सल्लाहकार सुर्यमणि लामिछाने, लेखनाथ युवा क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, मेघा बैंक अर्घौ शाखाका शाखा प्रमुख प्रकाश सिग्देल, संस्थाका सल्लाहकार विश्वराज अधिकारी, पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य रामकृष्ण जिसी लगायतले रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
संस्थाका सचिव शिवहरी सुबेदीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले गर्नु भएको थियो ।
Discussion about this post