रामशरण नेपाली/चैत्र ३०, लेखनाथ ।
नेपाल परोपकार समन्वय संस्था पोखरा–३० को क्यालेण्डर विमोचन, बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाले प्रकाशन गरेको २०७८ सालको क्यालेण्डर विमोचन गरिनुका साथै नेपाल पत्रकार महासंघको हालै सम्पन्न २६औं अधिवेशनबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित परशुराम शर्मा, तनहुँ जिल्ला सदस्यमा निर्वाचित रामशरण नेपाली र लेखनाथ पत्रकार मञ्चको दोश्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित कविराज खनाललाई बधाई तथा सम्मान गरिएको थियो ।
नवनिर्वाचित पत्रकारहरुलाई संस्थाका अध्यक्ष राजेन्द्र ओझा र प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले खादा तथा अबिर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा सहभागीहरुविच नेपालीहरुको नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष श्रीराम पोखरेलले लेखनाथ क्षेत्रको विकासमा वडाको मात्र नभई यस क्षेत्रका राजनितिक दल, व्यवसायीहरु, वुद्धिजीवीहरु, महिला समुहहरुको उत्तिकै भुमिका रहेको वताएका थिए ।
वडाध्यक्ष पोखरेलले नवनिर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वडाले गरेका विकास निर्माण एवं सकारात्मक परिवर्तनका कुराहरुलाई आम जनमानसमा ल्याउन उचित भुमिका खेलिदिन आग्रह गरेका थिए।
लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, नेपाली काँग्रेस वडा नं. ३० का सभापति निरलाल तज्या, पोखरा महानगरपालिका वडा नं. ३० का सदस्य सोमलाल कँडेल, संस्थाका सदस्यहरु ल्गायतको सहभागिता रहेको कार्यक्रममा संस्थाले हालसम्म गरेका विभिन्न गतिविधिहरुको बारेमा अध्यक्ष राजेन्द्र ओझाले जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा समपन्न कार्यक्रममा सह–सचिव गिता जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवि तिवारीले गरेका थिए ।
Discussion about this post