• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

गुणस्तरीय शिक्षाको लागि शिक्षकको भूमिका महत्वपूर्ण–मुख्यमन्त्री गुरुङ

Lekhnath Khabar by Lekhnath Khabar
April 10, 2021
in राजनीति, समाचार
0
हरि बास्तोला

हरि बास्तोला

0
SHARES
249
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २८ चैत (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्धारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३ औं जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
शिक्षकहरुले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उहाँले समाजमा एउटा आदर्शका रुपमा आफुलाई स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
“पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको संकेत देखिएकको छ” उहाँले भन्नुभयो, “सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनु पर्दछ ।”
मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उहाँले त्यसका लागि तीनै तहका सरकार कटिवद्ध भएर अघि बढेको जानकारी दिनुभयो ।
नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज समेत रहनु भएका मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति होइन विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतिका लागि बाम बुद्धिजीवी संगठीत भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावना अनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनु पर्नेमा जोड दिंदै महानगरपालिका भित्र रहेका शिक्षकको तलबमा मात्र बार्षिक एक अर्व २५ करोड खर्च हुने गरेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलका अनुसार संगठनले शिक्षक वर्गको हक अधिकारको सुनिश्चित गर्दै रक्तदान, बक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठक जस्ता कार्य गर्दै आएको जानकारी दिंदै दरबन्दी मिलान,स्थानीय महासंग गठन,बेजिल्ला सरुवा चुनौतिपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संगठनको मुखपत्र शिक्षक आवाज भाग ४ को विमोचन, विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै संगठनको विकासमा उल्लेखनीय योगदान पु¥याउनु हुने महानुभाव, अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।
सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीद्धारा नृत्य प्रस्तुत गरिएको थियो ।

Previous Post

बालविकास केन्द्र भवन शिलान्यास

Next Post

A New Point-of-Sales Startup Race is Brewing in Indonesia

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

A New Point-of-Sales Startup Race is Brewing in Indonesia

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?