• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

नेपाल पत्रकार महासंघ, कास्की शाखाको अध्यक्षमा भण्डारी

Lekhnath Khabar by Lekhnath Khabar
April 8, 2021
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

चैत २६, पोखरा  ।

नेपाल पत्रकार महासंघ, कास्कीकाे अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलाे पटक महिला नेतृत्व पाएकाे छ ।

काँग्रेस निकट प्रेस यूनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चाैतारी माधव नेपाल समूहकाे गठबन्धनकाे नेतृत्व लिएकी भण्डारीले प्रेस चाैतारी र प्रेस मञ्च गठबन्धनका केशव शरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् । बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए ।

यस्तै, उपाध्यक्ष खुल्लामा बिमला प्यानलकै रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चाैतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरेका हुन् । रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए ।

महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । केशव शरण प्यानलकी उनले रबिना आलेलाई ८ मतले हराइन् । जमुनाकाे १५१ र रबिनाकाे १४३ मत खस्याे ।

सचिवमा केशव शरण प्यानलबाट प्रेस चाैतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।

सहसचिव खुल्लातर्फ बिमला समूहका श्रीराम सिग्देलले जिते । श्रीरामले १७७ मत ल्याउँदा प्रतिष्पर्धी चाैतारीका एमबी आस्था मगरले ११५ मत ल्याए । ६२ मतकाे अन्तर रह्याे ।

सहसचिव समावेशीतर्फ रेम बिक विजयी भए । उनले १६८ मत ल्याए भने चाैतारीतर्फका दीपक के. श्रेष्ठले १२४ मत ल्याए । ४४ मतले यूनियनका रेमले जितेका हुन् ।

काेषाध्यक्षमा बिमला समूहबाटै कृष्ण दवाडीले जीत हात पारे । सेन्टरका दवाडीले चाैतारीका एकराज गिरीलाई ६४ मतले पछाडि पारे । दवाडीले १७७ र गिरीले ११३ मत ल्याए ।

सदस्य महिला तर्फ सपना अधिकारी विजयी भइन् । उनले १४८ मत ल्याउँदा तारा चापागाईं दुवे १० मतले पछि पर्दै १३८ मतमा सीमित भइन् ।

दलित सदस्यमा विजय नेपाली बिजयी भए । १५६ मत प्राप्त गरेका विजयले चाैतारीका सुरेश सुनार (१२६) लाई हराए।

सदस्य जनजातिमा यूनियनका पदम श्रेष्ठ (१५६) ले खिमा कुमारी गुरूङलाई पराजित गरे । अन्य समावेशी तर्फ जैनव खातुनले १८३ मत प्राप्त गर्दै जीत हात पार्दा चाैतारीका सूर्य बहादुर परियारले १०१ मत ल्याए ।

सदस्यहरूमा २२ जना प्रतिष्पर्धा गरेकाेमा ९ जना समेटिनुपर्नेमा धन बहादुर गुरूङ (सुमन) १५२, शिवराज बस्ताकाेटी १४३, कञ्चन थापा १३०, गीता राना मगर १२९, प्रभु अधिकारी १२८, सन्ताेष बस्याल १२४, सन्ताेष सुवेदी १२९ युवराज गुरूङ (युनिश) १३१ र हरि पन्त (१३५)विजयी भए ।

राष्ट्रिय परिषद सदस्य जनजाति तर्फ राजबहादुर गुरूङ विजयी भए भने । खुल्ला ४ जनामा कमल पाैडेल अथक १५०, श्यामनाथ कुँवर १४२, आरजु बिष्ट सल्यानी १२६ र गंगाधर पराजुली १२६ विजयी भए ।

Previous Post

Will It Be Safe to Travel This Summer? Here’s Your Options

Next Post

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?