• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लोक गायक स्वःगुरुङको स्मृतिमा हुने कार्यक्रमको तयारी तीब्र

Lekhnath Khabar by Lekhnath Khabar
March 24, 2021
in समाचार
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

श्रीभद्र पौडेल

पोखरा, ११ चैत।लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

जसबारे आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।कार्यक्रम यहि चैत १७ गतेदेखि २१ गतेसम्म हुदैछ।

स्वः प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो।

अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा हुने उक्त कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने समितिका समितिमा सचिव राजु गुरुङले जानकारी दिए ।जसअन्र्तगत दोहोरीगीत तर्फ ८ समूह र भलिवलतर्फ २० समूहले प्रतिष्पर्धा गर्नेछन् ।

सो अवसरमा समाजका वरिष्ठ सल्लाहकार आइबहादुर गुरुङ, वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, मूल समितिका सदस्यहरु नविन गुरुङ र जीवन दाहाल, खेल संयोजक रोहित गुरुङ लगायतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।

उनीहरुले लाहुरे परिवारमा जन्मेर पनि स्वः प्रविण गुरुङ गीत संगितको क्षेत्रमा लागेको, गाउँले जनजीवनलाई आफ्नो सिर्जनामा उतारेको लगायतका धारणा राखे।

कार्यक्रम अन्र्तगत यहि चैत २० गते गाउँपालिका अध्यक्ष युवराज कुँवरको हातबाट स्वः गुरुङको शालिक अनावरण गर्ने कार्यक्रम छ ।त्यस्तै स्वः धनबहादुर गायकलाई मरणोप्रान्त तथा लेकाली व्याण्डका भोकलिष्ट नविन गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

दोहोरीतर्फ प्रथम हुने समूहले रु.२० हजार, द्वितीयले रु.१५ हजार, तृतीयले १० हजार तथा सान्त्वनालाई रु.६ हजार साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।त्यस्तै भलिवलमा प्रथम रु.५० हजार ५ सय ५५, द्वितीय ३० हजार ५ सय ५५, तृतीय १५ हजार ५ सय ५५ र सान्त्वना रु. ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै वेष्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

वि.स २०१८ माघ १ गते जन्मेका गुरुङको गीतसंगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।१० वर्षको उमेरबाट घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कला मन्दिरमा नृत्य साथै गायन सिकेका थिए।

तत्कालिन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाण्डौमा काम पनि गरेका थिए।

स्वः गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथीबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु प्रचलित छन्।

Previous Post

मध्य पहाडी लोकमार्गको कास्कीको मादीमा काम शुरु

Next Post

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?