• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

साइबर अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
March 22, 2021
in समाचार, स्थानीय
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ चैत्र ।
पोखरा महानगरापालिका–२८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा साइबर अपराध प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धि प्रशिक्षणको आयोजना गरिएको हो ।

प्रशिक्षणमा कार्यक्रममा प्रशिक्षक एवम् कार्यक्रम प्रमुख अतिथि हंसपुर इलाका प्रहरी कार्यलय डाँडकोनाकका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासेनीले साइबरको परिचय, साइबर अपराध बढ्नुका कारण, साइबर सम्बन्धि अपराध गर्दा प्रचलित कानून बमोजिम हुने कार्यवाही लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस अघि कार्यक्रममा विशेष अतिथि सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका कास्कीका अध्यक्ष बोधराज कार्कीले कास्की सामुदायिक जिल्ला समन्वयले स्थानियक निकायसँग समन्वय गरी समाजलाइ विकृति, विसंगतीबाट मुक्त गराउन लागि परेको जानकारी दिंदै अहिले विशेष गरी युवा विद्यार्थीहरु आफ्नो विद्यार्थी जीवनको महत्वलाई विर्सेर विभिन्न किसिमका अपराध मा संलग्न भएको बताए । उनले कुलतमा लागेका युवाहरुलाई सहित बाटोमा डो¥याउनु हामी सबैको कर्तव्य भएको पनि बताए ।

यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यालयमा अति महत्वपूर्ण विषयमा प्रशिक्षणको आयोजना गरिएकोमा सामुदायिक प्रहरी सेवा केन्द्र कालिकालाई धन्यवाद दिंदै सबैले आफ्नो कर्तव्यलाई पूरा गर्नुपर्ने बताए । यस्तै सामुदायिक सेवा केन्द्रका मिडिया सल्लाहकार एवम् शिक्षक ऋषिराम रानाभाटले प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा कार्यन्वयन गरी समुदायमा सिकाउन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष राधाकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेवा केन्द्रका सदस्य भुवन केसीले स्वागत गरेका थिए भने सचिव विकल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवाका जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले १५ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै नगद रु ७ हजार र खेलकुदका समाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङ र विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीलाइ संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

Previous Post

कुलुङखोला खानेपानीको साधारण सभा

Next Post

निशुुल्क स्वास्थ्य शिविर सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
निशुुल्क स्वास्थ्य शिविर सम्पन्न

निशुुल्क स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?