लेखनाथ, २२ फागुन ।
लायन्स क्लब अफ पोखरा इष्ट टाउनले मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक तालिम सम्पन्न गरकोे छ ।
लेखनाथका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सहभागि रहेको महिला तथा बालिका माथि यौनजन्य हिंसा विरुद्ध मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक तालिम यहि फागुन २१ र २२ संचालन भएको थियोे ।
दोस्रो दिनको समापन कार्यक्रममा हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका इन्स्पेक्टर मेघनाथ चापागाइले लैङ्गीक हिंसा, हिंसाका प्रकार लगाएतका विषयमा प्रशिक्षण दिएको कार्यक्रम संयोजक सरोज भुर्तेलले जानकारी दिएका छन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालका को चिफ एड्भाइजर रामचन्द्र पोख्रेलले भरखरै मात्र स्थापना भएको क्लबले महिला हिंसा विरुद्ध गरेको जनचेतना मुलक कार्यक्रमले विद्यार्थीहरुमा यौनजन्य हिंसा, मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक क्षमतामा वृद्विमा सहयोग पुगेको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित भएका अतिथिहरुले तालिममा सिकेका कुरालाई आगामि दिनमा व्यवहारमा लागु गर्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
लेखनाथका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु लाई भौतिक प्रतिकारात्मक क्षमताको विषयमा प्रशिक्षण दिनु भएका प्रशिक्षक सुवास खड्काले विद्यार्थीहरुलाई यस किसिमको तालिम प्रदान गर्न पाउदा खुसि लागेको लेखनाथ खबरलाई जानकारी दिएका छन् ।
क्लबका अध्यक्ष सन्तोष भुर्तेलको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिव सरोज भुर्तेलले गरेको थियो भने कार्यक्रमको सन्चालन सदस्य सारादा भण्ढारीले गरेको बताइएको छ ।
Discussion about this post