पोखरा १७फागुन ।प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम आज सार्वजनिक गरिएको छ ।
घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामा आइतबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् ।
समाजले देश तथा विदेशका विभिन्न सहयोग दाताहरुबाट पाँच लाख ५८ हजार ८७९ रुपैयाँ खड्काको उपचारार्थ संकलन गरेको युवा समाजसेवी राजाराम बरुवालले जानकारी दिए ।
प्यानक्रियाजको समस्याका कारण पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत खड्काको उपचारमा हालसम्म पाँच लाख १३हजार ५४० खर्च भएको उपाध्यक्ष बरुवालले जानकारी दिए । त्यसमा अस्पतालका तर्फबाट एक लाख रुपैयाँ छुट भएको उनले जानकारी दिए । बाँकी रकम खड्काका परिवारलाई आइतबार नै हस्तान्त्रण गरिएको समाजले जनाएको छ ।
समाजले थालेको शेरबहादुर खड्का उपचारार्थ सहयोग कोषमा घार म्याग्दी–पोखरा समाजबाट ५६ हजार ६० रुपैयाँ, घार समाज जापानबाट एक लाख २५ हजार पाँच सय, घार–खिवाङ म्याग्देली सेवा समाज, दोहाकतारबाट ४१ हजार ११०, कुवेतबाट २७हजार १९३, पोर्चुगलबाट २७हजार ४७३, अष्ट्रेलियाबाट ५६ हजार ६३० र बाँकीअन्य सहयोगीहरुबाट संकलनगर्न सफलभएको समाजका सचिव विष्णु बरुवालले जानकारी दिए ।
समाजले घारमा रहेका स्थानियहरुको भरोसाको केन्द्रका रुपमा घार म्याग्दी–पोखरा समाज स्थापित हुन लागेको समाजका उपाध्यक्ष गोकर्ण बरुवालले बताए । उनले समाज मर्दा र पर्दा चाहिने भन्दै पैसाको अभावमा कोही पनि अकालमा मर्न नपरोस्भन्दै समाजले थालेका राम्रो काममा साथदिन सबैसंग अनुरोध गरे ।
उनले सो अवसरमा यो अभियानमा देश तथाविदेशबाट सहयोग पु¥याउने सबैलाई धन्यवादव्यक्तगर्दै मातृभूमीप्रतिको उत्तरदायित्वलाई जहाँगएपनिनभूल्नआग्रह गरेकाथिए ।
साथै सो कार्यक्रममा सबैको सहयोगका कारण आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पिडित विरामी शेरबहादुर खड्काले बताए । उनले आफूलाई सहयोग गरेर नयाँ जीवन दिनका लागि भइरहेको पहल प्रति धन्यवाद व्यक्त गरेकाथिए ।
कार्यक्रम घारम्याग्दी पोखरा समाजका उपाध्यक्ष गोकर्ण बरुवालको अध्यक्षतामा र घार गाँउकायुवा समाजसेवी राजाराम बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Discussion about this post