फागुन १७, बेगनासताल- पोखरा महानगरपालिका वडा नं ३१ स्थित वेगनासताल किनारमा होटल गडफादर संचालनमा आउने भएको छ। करिव ९५ लाखको लागतमा संचालनमा आउन लागेको उक्त होटल स्थानीय सन्तोष आचार्य र सुवर्ण आचार्यको संयुक्त लगानी रहेको छ। पहिलो चरणमा बनेको उक्त होटलमा एट्याच रुम सहित रेस्टुरेन्ट तथा वार, रुफटपमा बसेर ताल हेर्दै माछाका परिकारको स्वाद लिन पाईनेछ।
पोखरा आउने पर्यटकहरुको लागि लेकसाईड पछिको गन्तव्य बेगनासताल बनाउने उदेश्यले आफुले ताल किनारमा होटल संचालन गर्न लागेको संचालक आचार्यले जानकारी दिएका हुन्।
ताल किनारमा रहेको होटलको अर्को आकर्षण भनेको रुफटपमा माछाको आकृती संगैको सेल्फी जोन रहनेछ।
उमेरले २७ बर्ष पुगेका सुवर्ण आचार्य युरोपका विभिन्न देशमा रोजगारीको सिलसिलामा पुगेर फर्केका थिए, उनि पछिल्लो समय अस्ट्रेलिया पुगेपछि स्वदेशमा केही गर्नुपर्ने अठोटका साथ कोरोना महामारी अगाडी नेपाल आएका थिए। त्यसपछी आफ्नै घरलाई संरचना परिवर्तन गर्दै होटल निर्माणमा लागेका उनी कोरोना महामारीले ४/५ महिना काम ठप्प भएको बताउछन् । फागुनको अन्तिम साता सम्म पुर्ण रुपमा होटल संचालनमा आउने उनले बताएका छन्।
पारिवारिक जिम्मेवारी संगै ब्यबसायमा हात हालेका आचार्य सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेका छन्। स्थानीय ड्यामसाईड युवा क्लवमा सचिबको जिम्मेवारीमा रहेका उनी वेगनासताल बृहत् सफाई अभियानमा अभियन्ता समेत हुन्।
Discussion about this post