संचारकर्मी रानाभाट टिईभिटी मिडिया अवार्ड बाट सम्मानित

भानिराज रानाभाट , फागुन १३, चितवन – सामुदायिक रेडियो विजय एफएमका समाचार प्रमुख तथा इमेज च्यानलका चितवन संवाददाता डोलराज रानाभाट लाई टिभेट मिडिया अवार्ड प्रदान गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीको ३३ औं वार्षिकोत्सबको अवसरमा डोलराज रानाभाट लाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ले रु।२० हजार नगद राशीसहित प्रमाण – पत्र हस्तान्तरण गर्नुभएको हो ।

सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन बिताएकाहरुको सफलतालाई समावेश गरी रानाभाट ले रिपोर्ट बनाउनु भएको थियो । सोहि रिपोर्टको आधारमा सिटीईभिटीले इतिहासमै पहिलोपटक पत्रकारहरुलाई पुरस्कृत गरिएको परिषदको उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी ले जानकारी दिनुभयो ।

देशभरबाट ६० जना पत्रकारहरुले आ – आफ्ना लेख रिपोर्ट पेश गरेको मध्य डरानाभाटज्यूले दोस्रो स्थान हासिल गर्नुभएको हो । राष्ट्रिय समाचार समिति ९ रासस ० का गोपाल बरालज्यू प्रथम हुँदै नगद रु।४० हजार र अर्का पत्रकार यज्ञराज उपाध्यायज्यूलाई तेस्रो पुरस्कार नगद रु। १० हजार प्रदान गरिएको थियो ।ग–७

Related Posts

Next Post

Discussion about this post

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?