लेखनाथ,२९ माघ ।
पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले राष्ट्रिय परिवेसलाई विद्यार्थीहरुले पनि जान्नु पर्ने बताएका छन् ।
पोखरा २६ बुढिवजारका रहेको रामज्योती माविले विहिवार राखेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै पुर्व मन्त्रि अधिकारीले विद्यार्थीहरुले कितावी ज्ञानको साथ साथै देशको राजनितीक घटना क्रम देखि राष्ट्रिय परिवेसका कुराहरुलाई पनि जान्दा बौद्धिकतामा बृद्धि हुने बताएका हुन् ।
आफुले यसो भन्दैमा विद्यार्थीले पनि राजनिती गर्नु पर्छ भन्ने तरिकाले नसोची देश विकासका सवालमा राष्ट्रि तथा अन्तराष्ट्रिय घटना क्रमका विषय पनि आम बिद्यार्थी जगत जानकार हुनु पर्ने सुझाव दिएको दिएका थिए । नेकपाका नेता समेत रहेका अधिकारीले देश बनाउने सवालमा कमिलाको ताती झै संगठिनत हुन पनि आग्रह गरेका थिए ।
शिक्षाको जग वलियो भयो भने देश विकासमा थप सहयोग मिल्ने धारणा राख्दै नेता अधिकारीले अनुशासित विद्यार्थी र अध्यनसिल शिक्षकको मिश्रणमा अभिभावकले मार्ग निर्देशन गर्न सक्ने हो भने हामीले कल्पना गरेको शिक्षाको उज्ज्वालोलाई प्रभावकारी तरिकाले अगाडी वढाउन सकिने विश्वास समेत ब्यक्त गरेका थिए ।
सोही अवसरमा पोखारा महानगरपालिका शिक्षा माहशाखाकाको तर्फबाट विश्वराज आचार्यले सरकारले अगाडी सारेको शिक्षा निती अनुरुप सामुदायि विद्यालयहरु अगाडी वढ्ने हो भने निजी तहका विद्यालय भन्दा हाम्रो शिक्षा अगाडी रहने ठोकुवा समेत गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रङनाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,शिक्षक अभिभावक संघका अध्यक्ष कुल बहादुर थापा, पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गिरिराज गौतम,सस्थापक सदस्य रामजी थापा,भवानी कालिका माविका प्रधानाध्यापक रमेश भटराई,शिक्षा प्रेमी ऋषिकेश बराल,लेखनाथ साना सहरी खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष विष्णु वराल,पुर्व प्रअ सुर्यनाथ बराल,शिक्षाक गणेश प्रसाद अधिकारी र पुर्णिमा गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक गुमानाथ लामिछाने प्रगति वितरण र भावी योजनाका वारेमा जानकारी गराएको कार्यक्रमको संचालन शिक्षक भोजराज बरालले गरेका थिए ।
शौक्षीक सत्र २०७४, २०७५ र २०७६मा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा शिक्षक शालिकग्राम वास्तोला र सम्झना आचार्यलाई असल शिक्षक अभ्यासमा गरेको योगनाको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
Discussion about this post